व्यवसायिक तरकारी खेतीमा जम्दै बडापोखराकी नानकला

व्यवसायिक तरकारी खेतीमा जम्दै बडापोखराकी नानकला
सुन्नुहोस्

सुर्खेत -    दैलेखको दुल्लु नगरपालिका -२ बडापोखराकी नानकला थापाले बारीमा लटरम्म तरकारी फलानुभएको छ । बारीमा  काउली, गोलभेडा, पालुंगो , खुर्सानी, भन्टा , लगायतका तरकारी फलाउनुभएको  छ ।  पहिले आफु व्यवसायिक नहुँदा बुढाकै भर पर्ने उहाँका दिन फेरिएसँगै  आत्मनिर्भर बन्नुभएको छ  । पहिले सामान्य रुपमा तरकारी खेती गर्दै आउनुभएकी उहाँललाई सोसेक नेपालको साथ पाएपछि व्यवसायिक तरकारी खेतीमा जम्दै जानुभएको छ ।

उमेरले ४४ वर्ष पुग्नुभएकि थापाले करिब एक रोपनी जग्गामा विभिन्न तरकारी फलाउनुभएको छ । पहिले तरकारी खेती गर्दा गर्दा बाहिर तरकारी गर्ने गर्नुहुन्थ्यो । अहिले टनेलमा व्यवसायिक रुपमा तरकारी खेती थालेको उहाँले बताउनुभयो । सुरुसुरुमा तरकारी खेती गर्दा प्राबिधिक ज्ञान नभएका कारण पानीले गल्ने, किरा लाग्ने लगायतको समस्या हुन्थ्यो,’उहाँले भन्नुभयो, ‘अहिले सोसेक नेपालले ग्रिन कर्णाली परियोजना लागु भएपछि हामीलाई धेरै सहज भएको छ ।’

समयसमयमा प्राबिधिक आएर हेर्ने र विभिन्न सल्लाहसुझाव पाउदा आफुहरु निकै खुशी भएको यहाँका कृषकहरुको भनाई रहेको छ ।  

पहिले पहिले तरकारी नभएर बजारको चाउचाउ र स्वाविन किनेर खान्थ्यौँ अहिले आफ्नै बारीको ताजा तरकारी खाने गरेको थापाको भनाई रहेको छ ।  पहिले आफुसँग तरकारी नहुँदा र नपाउदा बजारको चाउचाउको तरकारी बनाएर खान्थ्यौँ,’उहाँले भन्नुभयो, ‘अहिले आफै व्यवसायिक तरकारी खेतीमाा होमिदा आफ्नै बारीको ताजा तरकारी खान पाएका छौँ । जस्ले गर्दा आफु स्वस्थ सँगै अरु पनि स्वस्थ भएका छन ।’ 

थापाले तरकारी उत्पादन गरेर आफ्नो घरखर्च चलाएर त्यहाँबाट बचेको जम्मा गरेर बचत समेत गर्ने गरेको बताउनुहुन्छ ।

नानकला थापाले व्यवसायिक तरकारी थालेको तीन वर्ष भयो ।  पहिले पहिले टनेल बाहिर नै तरकारी खेती उहाँले गर्नुहुन्थ्यो । पछि कच्ची टनेलको लागि बास मागेर कच्ची टनेल बनाएर तरकारी लगाउनुभयो  । पछिल्लो समय सोसेक नेपालको सहयोग पाइसकेपछि आफुलाई व्यवसायिक तरकारी गर्न झनै सहज भएको उहाँले बताउनुभयो  । पहिले श्रीमानले भारतवाट पैसा पठाउँदा कता मास्यौ के गरयौ भन्नुहुन्थ्यो,’उहाँ भन्नुहुन्छ, ‘अहिले आफैले तरकारी उत्पादन गरेर बेच्दा पकेटमै पैसा हुन्छ । आफुले मन लागेको काम गर्न पाइन्छ । अहिले छोराछोरीलाई पढाउन र घर खर्च चलाएर पैसा बचत हुने गरेको छ । पहिले पैसा नहुँदा बुढासँग हात थाप्नुपर्ने अवस्था थियो । तर अहिले धेरै सहज भएको छ ।’

व्यवसायिक तरकारी खेती थालेपछि छोराछारीको कापि कलम सकिए तुरुन्त तरकारी बेचेर जोहो गर्न सकिने उहाँको भनाई छ । डिसिय नेपालको आर्थिक सहयोग सोसेक नेपालद्धारा दुल्लु नगरपालिकामा संचालित ग्रिन कर्णाली परियोजना लागुपश्चात् उहाँ मात्र नभएर सिंगो गाउँ नै व्यवसायिक तरकारी खेतीमा होमिएको कृषि प्राबिधिक हिक्मेन्द माझीले बताउनुभयो । पहिले कमैले मात्र व्यवसायिक रुपमा तरकारी खेती गर्नुहुन्थ्यो,’उहाँले भन्नुभयो, ‘अहिले यहाँ धेरै जनाले तरकारी खेती गर्नुहुन्छ ।’

सोसेक नेपालका कृषि प्राबिधिक माझीका अनुसार १३ जनाले पक्कि टनेल र ३५ वटा कच्चि टनेलमा व्यवसायिक तरकारी खेती गरिरहेको बताउनुभयो ।  

प्रतिक्रिया