कांग्रेसकै मान्छे लागे मलाई पक्राउ गर्न : शर्मा
विराटनगर । नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभाका सांसद सुनिल शर्माले आफूलाई पक्राउ गर्न कांग्रेसकै मान्छेहरु लागेको बताउनुभएको छ ।
नेपाली कांग्रेसले मोरङको पथरीशनिश्चरेमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले यस्तो बताउनुभएको हो । उहाँले आफूलाई गिरफ्तार गराउन कांग्रेसकै जिम्मेवार व्यक्ति लागिपरेको आशंका व्यक्त गर्नुभयो ।
बालकृष्ण खाणलाई पक्राउ गराउने समूहले नै आफूलाई पनि फसाउने योजना रचेर पक्राउ गरेको उहाँको आरोप छ । कतिपय व्यक्ति विरुद्धमा लागेपनि पक्राउ पर्दा आफूलाई धेरैले साथ दिएको भन्दै उनले सङ्कटमा साथ दिने सबैलाई धन्यवाद दिनुभयो । गलत काम भइरहदा टुलुटुलु हेरेर बस्न नसकिने भन्दै उनले गलत कामको सँधै विरोध गरेर जनताको पक्षमा बोलिरहने बताउनुभयो ।
उहाँले आफूमाथि अन्याय हुँदा आफ्नै पार्टीका कतिपय जिम्मेवार व्यक्ति मौन बसेको गुनासो पनि गर्नुभयो । ‘अनुमान लगाउनुस्, तपाईँलाई तपाईकै बुबाले मार्न भनेर घाँटीमा न्याकेर पोखरीमा डुबाए, तर त्यतिबेला सँधै झगडा गरिरहने छिमेकी आएर तपाईँलाई बचायो भने पोखरीबाट निस्किएपछि मार्न खोज्ने बुबालाई अङ्गालो मार्नुहुन्छ की उद्धार गर्नेलाई मार्नुहुन्छ ?,’ प्रश्न गर्दै सांसद शर्माले भन्नुभयो, ‘सङ्कटमा जसले बचायो त्यसलाई पहिले अङ्गालो मारिन्छ, हो मैले पनि त्यही कारण केपी ओली जिन्दावाद भनेको हुँ, उनलाई भेट्न पनि गएको हुँ ।’
प्रतिक्रिया