परियोजनाको प्रगति जाँच्न तेश्रो पक्षीय अनुगमन

परियोजनाको प्रगति जाँच्न तेश्रो पक्षीय अनुगमन
सुन्नुहोस्

दैलेख – सोसेक नेपाल र वल्र्ड भिजन इन्टरनेशनलको साझेदारीमा सञ्चालित बाल प्रायोजन संरक्षण र समावेशी गुणस्तरीय शिक्षा परियोजनाको एक वर्षमा हासिल प्रगति जाँच्न बुधबारदेखि तेश्रो पक्षीय अनुगमन गरिरहेको छ । जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीको नेतृत्वको दुई टोलीले परियोजना क्षेत्र भगवतीमाई गाउँपालिका पुगी अनुगमन गरिरहेको हो । 

प्रमुख शाहीसंगै, भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भूपेन्द्र थापा, गैसस महासंघका उपाध्यक्ष डिलकुमारी चन्द, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष तीर्थ भण्डारी, शिक्षा विकास तथा समन्वय इकाईका टेकराज कँडेल लगायत अनुगमनमा सहभागी हुनुहुन्छ । 

पहिलो दिन बुधबार भगवतीमाई गाउँपालिका २ नं. वडाको जनता मावि रुम र ४ नं. वडाको कालिका मावि मनघर पुगी परियोजनाले पु¥याएको सहयोग र शैक्षिक सुधारको अवस्था बारे शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवालासंग भेटघाट गरेको थियो । 

दोश्रो बिहीबार भगवतीमाई गाउँपालिकामा जनप्रतिनिधि र परियोजनासंग सम्वन्धित निकायसंग विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकहरुसंग परियोजनाको प्रभावकारिता बारे अन्तरक्रिया गरी पृष्ठपोषण दिने कार्यक्रम तय गरिएको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले जानकारी दिनुभयो ।

  
 

प्रतिक्रिया