अटो दुर्घटना हुँदा सल्यानमा एक जनाको मृत्यु

अटो दुर्घटना हुँदा सल्यानमा एक जनाको मृत्यु

सल्यान -  सल्यानमा अटो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको  भने दुई जना घाइते भएका छन् । बुधबारदिउँसो जिल्लाको त्रिवेणी गाउँपालिका ६ लुहाम बजारबाट वडा न ५ ढोरचौर गाउँतर्फ जाँदै गरेको रा १ ह ३९३० नम्बरको अटो त्रिवेणी गाउँपालिका ५ लाम्रीखोला स्थित भित्री कच्ची सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

दुर्घटनामा परी छत्रेश्वरी गाउँपालिका ४ अकाशेका अन्दाजी ५१ वर्षीया ठगी कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले बताउनुभयो  । 

अन्य दुई जना भने सामान्य घाइते भएको र उपचारका लागि लुहाम पठाइएको उहाँको भनाई छ । उकालोमा चढ्न नसकेपछि पछाडी आउँदा अटो सडकबाट झन्डै १५० मिटर तल खसेको छ । अटो चालकलाई नियन्त्रणममा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया