सोसेकको सहयोगमा श्रम शोषणमा परेका बालकको उद्धार
सुर्खेत - सुर्खेतको वीरेन्द्रनगरको एक होटेलबाट श्रम शोषणमा परेका बालकको उद्धार गरिएको छ । सोसेक नेपाल दैलेखको सहयोगमा दैलेखको गुराँस गाउँपालिका ६ का एक बालकको उद्धार गरिएको हो ।
वीरेन्द्रनगर -११ स्थित अंकित होटलमा काम गरिरहेको अवस्थामा उनलाई उद्धार गरिएको गुराँस गाउँपालिकाका बालकल्याण अधिकारी राजु खत्रीले बताउनुभयो ।
सोसेक नेपालको सहयोगमा बालकल्याण अधिकारी राजु खत्री तथा गुराँस -६ का वडा अध्यक्ष चन्द्रबहादुर रानाले उनको उद्धार गर्नुभएको हो ।
जोखिममा रहेका बालक कक्षा ६ मा अध्ययन गर्छन् । उद्धारपछि उनलाई आवश्यक पर्ने कापी, कलम तथा विद्यालय पोशाक समेत प्रदान गरि घर फर्काईएको बताइएको छ ।
नेपालको संविधान २०७२ को भाग ३ मौलिक हक अन्तर्रगत धारा ३९(४) विपरित उनलाई काममा लगाइएकोले उनको उद्धार गरिएको खत्रीले बताउनुभयो ।
प्रतिक्रिया