सोसेकको सहयोगमा श्रम शोषणमा परेका बालकको उद्धार

सोसेकको सहयोगमा श्रम शोषणमा परेका बालकको उद्धार
सुन्नुहोस्

सुर्खेत -   सुर्खेतको वीरेन्द्रनगरको एक होटेलबाट श्रम शोषणमा परेका बालकको उद्धार गरिएको छ । सोसेक नेपाल दैलेखको सहयोगमा दैलेखको गुराँस गाउँपालिका ६ का एक बालकको उद्धार गरिएको हो ।  

वीरेन्द्रनगर -११ स्थित अंकित होटलमा काम गरिरहेको अवस्थामा उनलाई उद्धार गरिएको गुराँस गाउँपालिकाका बालकल्याण अधिकारी राजु खत्रीले बताउनुभयो ।

सोसेक नेपालको सहयोगमा बालकल्याण अधिकारी राजु खत्री तथा गुराँस -६ का वडा अध्यक्ष चन्द्रबहादुर रानाले उनको उद्धार गर्नुभएको हो ।

जोखिममा रहेका बालक कक्षा ६ मा अध्ययन गर्छन् । उद्धारपछि उनलाई आवश्यक पर्ने कापी, कलम तथा विद्यालय पोशाक समेत प्रदान गरि घर फर्काईएको बताइएको छ  ।

नेपालको संविधान २०७२ को भाग ३ मौलिक हक अन्तर्रगत धारा ३९(४) विपरित उनलाई काममा लगाइएकोले उनको उद्धार गरिएको खत्रीले बताउनुभयो  ।

प्रतिक्रिया