सामुदायिक विद्यालयको समायोजन गर्दै धनगढी उपमहानगरपालिका

सामुदायिक विद्यालयको समायोजन गर्दै धनगढी उपमहानगरपालिका

कैलाली-    धनगढी उपमहानगरपालिकाले १४ वटा सामुदायिक विद्यालयलाई समायोजन गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले शैक्षिक गुणस्तर सुधारको लागि विद्यालय समायोजना गर्ने निर्णय गरेको हो । 

उपमहानगरपालिकाको अनुसार ुविद्यालय समायोजन तथा दरवन्दी मिलान नियमावली– २०८० बमोजिम अनुरुप उपमहानगरको कार्यपालिका र नगर सभाको बैठकले विद्यालयको समायोजन गर्ने व्यवस्था निर्णय  गरेको हो । सोमध्ये उपमहानगरपालिकाले बिहिबारसम्म ९ वटा विद्यालयको समायोजन गरिसकेको छ ।

भौतिक पूर्वाधार, शिक्षक अभाव तथा  न्यून विद्यार्थी भएका विद्यालयहरूलाई समायोजन गर्ने निर्णय भएको उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख अकबर चन्दले बताउनुभयो । 

उहाँले शिक्षक दरबन्दी अपुग भएकोले विद्यालयलाई समायोजन गर्न लागेको बताउनुभयो  । कुनै विद्यालयको तह घटेको छ । कुनै समायोजन भएका छन्, उहाँले भन्नुभयो, सबै गाँभिएको होइन् । शिक्षकको दरबन्दी अपुग भएकोले विद्यालयको तह घटाएको हो । 

उपमहानगरपालिकामा अपुग शिक्षकको लागि पालिकाले दरबन्दी नदिएको र सरकारले दिएको शिक्षकबाट पठनपाठन भइरहेको बताउनुभयो  । उहाँका अनुसार उपमहानगरपालिकाभित्र ७२ वटा सामुदायिक विद्यालय सञ्चालन हुँदै आएका छन् ।

तीमध्ये ५ वटा प्राथमिक विद्यालयलाई समायोजन गरिने उहाँले बताउनुभयो । कार्यान्वयन भएपछि विद्यालयको संख्यामा पुन थपघट हुने उहाँको भनाइ छ । 

प्रतिक्रिया