ब्लड क्यान्सबाट पीडित सुरेशको उपचारमा सहयोगको अपिल

ब्लड क्यान्सबाट पीडित सुरेशको उपचारमा सहयोगको अपिल

सुर्खेत -   दैलेखको ठाटीकाँध गाउँपालिका २ प्याडुल्लीका सुरेश बिक  १५ वर्षको भए । सधैझै विद्यालय जानउ आउने र खेल्ने उनी एक्कासि बिरामी परे । विद्यालय जाने आउने गरेको छोा एक्कासि बिरामी हुँदा बाबु आमा चिन्तित भए । र नजिकैको स्वास्थ्य केन्द्रमा पुगाए । त्यहाँबाट सुर्खेत नेपालगन्ज लैजान डाक्टरको सल्लापछि सुर्खेत हुँदै काठमाडौ पुगे  ।

काठमााडौ पुगेपछि डाक्टरको कुरा सुन्दा झागाबकाट खसेझै भए । उनका बाआमा । घरको आर्थिक अवस्था यसै कम्जोर थियो । साउको काममा मज्दुर गर्न कालापहाड गएर जसोतसो गुजरा चलाएका चिन बहादुरलाई ठुलो आपत् आइलाग्यो । छोरालाई एक्कासि ब्लड क्यान्सर एमोेनिया भयको थाहा पाएपछि अहिले उनी अचेत अवस्थामा छन् । 

छोराको चिन्ताले र आर्थिक अभावका कारण सहयोगी हातहरुको खोजीमा छन् । विद्यालय जाने र खाउँ खाउँ लाउ लाउ भन्ने उमेरमा उनी हस्पिटलको बेडमा छट्पटाइरहेका छन् । ठाटीकाँध गाँपालिका २ प्याडुल्ली स्थित चिन बहादुर बिकको जेठो सन्तानका रुपमा जन्मेको सुरेशलाई एक्कासि ब्लड क्यान्सर एनेमिया भयको थाहा पाए ।

 तब एक्कासि छागाबाट खसेझै भए । घरको आर्थिक अवस्था कम्जोर भएका कारण  आर्थिक अभावका कारण काठमाडौमा भौतारिदै सहयोगको खोजीमा रहेका छन् ।

 हालसम्म गाउँमा छरछिमेकबाट करिब ४ लाख ५० हजार ऋण छिकेर उपचार भएको र अब अन्य सबै आशाका ढोका बन्द भएकाले सहयोगको लागि सुरेशलाई बचाइदिन बुबा चिन बहादुरबिकले बिन्ति बिसायका छन् । उनको उपचार अहिले निजामति कर्मचारी अस्पताल काठमाडौँमा उपचारत रहेका छन् । सहयोगको लागि ग्लोबल आइ.एम.ई बैंक शाखा कार्यालय सुर्खेतमा रहेको चिन बि.क खाता नम्बर ०३००७०१०१८६३३९ मा सहयोग गर्न सकिने छ । 

प्रतिक्रिया