दुधमा आत्मनिर्भर बन्दै सल्यान

दुधमा आत्मनिर्भर बन्दै सल्यान

सल्यान-  सल्यानमा गत आर्थिक वर्ष १७  हजार बढी मेटिकट्न दूध उत्पादन भएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका अनुसार गत वर्ष १७ हजार २ सय ४१ मेटिकट्न दूध उत्पादन भएको हो । १ करोड ७२ लाख ४१ हजार लिटर दूध उत्पादन भएकोमा अधिकांश दूध जिल्लामा नै खपत हुने गरेको छ । 

 सुख्खा सिजनमा दूध उत्पादनको मात्रा घटे पनि वर्षाको समयमा भने दूध उत्पादन धेरै हुने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका शर्मिला बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार गत वर्ष जिल्लाबाट ३ सय मेटिकट्न दूध जिल्ला बाहिर निर्यात भएको छ । जसबाट जिल्लाबाट दूधबाट १८ लाख रुपैयाँ जिल्ला भित्रिएको छ ।  सल्यानबाट दूध काठमाडौँ र दाङ निर्यात हुँदै आइरहेको उहाँले बताउनुभयो । 

आर्थिक वर्ष २०७८/०७९ मा जिल्लामा १६ हजार ९ सय ६३ मेटिकट्न दूध उत्पादन भएको थियो । विगतको भन्दा गत आ।वमा  २ सय ७८ मेटिकट्न दूध बढी उत्पादन भएको कार्यालयले जनाएको छ ।  सल्यान पछिल्लो समय दूधमा आत्मनिर्भर हुँदै गएको बुढाथोकीको भनाई छ । कर्णाली प्रदेश सरकार स्थानीय पालिकाहरूले दूधमा अनुदान दिन थालेपछि पशुचौपाय पालन गर्नेको सङ्ख्यामा वृद्धि आएको उहाँको भनाई छ । 

 सडकको सहज पहुँच, यातायातको सर्वसुलभता, उचित मूल्य, स्थानीय तहको उत्पादनमा आधारित अनुदान, घाँस परालको उपलब्धता लगायतले किसानलाई व्यावसायिक पशुपालनमा सहज बनाएको छ । त्यही कारण व्यावसायिक पशुपालनमा युवाको आकर्षण बढी रहेको छ । 

प्रतिक्रिया