आठबिसकोटले माग्यो ३० जना करार कर्मचारी
रुकुम पश्चिम - आठबिसकोट नगरपालिकाले करारमा कर्मचारिको लागि आवेदन माग गरेको छ । शुक्रवार सूचना जारी गर्दै करारका कर्मचारीको माग गरेको हो ।
कृषि अधिकृत एक जना, नगर प्रहरी जवान ९ जना, सहायक निरीक्षक १ जनासहित अन्य ३० जनाको माग गरिएको छ ।
खोप कार्यक्रमका लागि अहेवर अनमि २ जना , ल्याव टेक्निसियन २ माग गरिएको छ । यसको लागि सूचना जारी भएको १५ दिनभित्र आवेदन दिन नगरपालिकाले आग्रह गरेको छ ।
प्रतिक्रिया