धानबालीको रोग पहिचान गर्न स्वास्थ्य शिविर

धानबालीको रोग पहिचान गर्न स्वास्थ्य शिविर

 

भक्तपुर-   भक्तपुर नगरपालिकामा २ दिने बाली स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरिएको छ । नगरपालिकाको आयोजनामा शुक्रबार भक्तपुर दरबार क्षेत्रमा  सो कार्यक्रम सञ्चालन गरिएको हो । 

कार्यक्रमको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कृषिप्रधान देश नेपालका कृषिबाट उत्पादित बस्तुहरुको निर्यात भन्दा आयात बढी भएको बताउनुभयो  । उहाँले आयात बढ्नुमा दिनानुदिन युवाहरु विदेशिंदै जानु, खेतीयोग्य जमीन बाँझो रहनु, मलखाँदको उपलब्धता नहुनु र सिंचाईको उचित व्यवस्थापन नुहुनु प्रमुख कारणहरु रहेको बताउनुभयो । 

उहाँले किटनाशक औषधीको सुलभ उपलब्धता नहुँदा बालीहरुमा रोग र किराबाट नोक्सानी भएको बताउँदै कृषि प्राविधिक जनशक्तिको अभाव भैरहेको उल्लेख गर्नुभयो । नेपालमा वैज्ञानिक खेतीलाई प्राथमिकतामा राख्नुपर्ने र वडा–वडामा कृषि स्वास्थ्य शिविर तथा सम्भव भएसम्म खेतमै गएर उपचार विधिरबारे कृषकहरुलाई सिकाउन सके प्रभावकारी हुने उहाँले बताउनुभयो  ।

कार्यक्रमका सभापति एवं कृषि समितिका संयोजक राजकृष्ण गोराले २ दिने बाली स्वास्थ्य उपचार शिविरको महत्वमाथि प्रकाश पार्नुभएको थियो  । 

कार्यक्रममा कुल ३९ वटा नमूना संकलन भएको थियो । जसमा तरकारी बालीका १२ वटा, फलपूmल बालीका ५ वटा, फूल बालीका २ वटा र धान बालीका २० वटा नमूना रहेको थियो । संकलित धानबालीका नमूनाहरुमा अधिकांश गवारो र डढुवा रोग देखिएको तथा कुनैमा मलखादको कमी देखिएको थियो ।

बाली स्वास्थ्य उपचार शिविरको दोस्रो दिनको कार्यक्रम आउँदो २०८० भाद्र ३ गते विहान ७ः०० बजेदेखि दिउ“सो २ः०० बजेसम्म भनपा–९ स्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन पाटीमा हुने आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया