मार्तडी–कोल्टी सडक खुलाउन सेनाको सहयोग

मार्तडी–कोल्टी सडक खुलाउन सेनाको सहयोग

बाजुरा -   पहिरोका कारण दुईमहिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडक खुलाउन नेपाली सेना जुटेको छ । सुदूरपश्चिम प्रदेशको गौरवको रुपमा सडक रहेको छ ।  

दुर्गाभञ्जन गुल्मका गुल्मपति धर्मेन्द्रबहादुर सिंहले मार्तडीबाट कोल्टी आवतजावत गर्न र बडीमालिका नगरपालिका–७ का स्थानीयलाई आवतजावत गर्न समस्या भएपछि सडकको पहिरो पन्छाउन र बाटो मर्मतमा सेना जुटेको बताउनुभयो  ।

सो  सडकखण्डको जिल्लीमा सडकमाथिबाट लगातार पहिरो खस्दा सर्वसाधारणले आवतजात गर्न समस्या भोग्दै आएका छन् ।

 पहिरोका कारण मार्तडी–कोल्टी सडकमा सञ्चालन हुँदै आएका सवारीसाधनसमेत ठप्प छन् ।  सडकमार्ग अवरुद्ध हुँदा सबैभन्दा बढी   बिरामीलाई सास्ती भएको छ । पहिरो पन्छाउन वडा नं ७ का सर्वसाधारण समेत सहभागी भएका छन् ।
 
सडकको छेउछाउमा ‘ग्याविन’ तारसहित पर्खाल लगाउने काम गरिएको छ । पहिरोसँगै सडकमा बग्ने पानीलाई पाइपबाट व्यवस्थापन गरेर अन्यत्र निकासा गरिएको छ । 

प्रतिक्रिया