एचआईभी संक्रमितहरुको उपचार तथा निर्वाह सरकारकाे जिम्मेवारी

एचआईभी संक्रमितहरुको उपचार तथा निर्वाह सरकारकाे जिम्मेवारी

कर्णाली प्रदेशसभाका सामाजिक विकास समितिका अध्यक्ष घनश्याम भण्डारीले कर्णाली प्रदेशका एचआईभी संक्रमित तथा प्रभावित नागरिकहरुको उपचार तथा जीवन निर्वाहको जिम्मेवारी प्रदेश सरकारले लिने बताउनुभएको छ ।

एचआईभी सन्क्रमित महिलाहरुको राष्ट्रिय महासघ, कर्णाली प्रदेश समन्वय नवकिरण प्लस, जनस्वास्थ्य सेवा कार्यलय सुर्खेतले आइतबार सुर्खेतमा भएको प्रदेश स्तरीय सरोकारवाला अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा राख्नुभएको हो ।

कर्णालीका सक्रमित बालबालिकालाई शिक्षामा छात्रबृद्धि, युबालाई रोजगारी, जेष्ठ नागारिकलाई सरक्षणको योजना बनाउनुपर्ने र सो कार्ययोजना निजी सार्बजनिक सामुदायिक साझेदारी कार्यक्रम मार्फत सार्बजनिक सेवा र बस्तु प्रदान गर्नु पर्ने उहाँको सुझाव छ । 

कर्णालीमा ५५ जना बालबालिका सहित सात १५ जना सक्रिय संक्रमित भएको बताएको छ । जिल्लागत हिसावले सुर्खेत तीन सय ६२, दैलेखमा मात्र तीन सय ३५ भएको प्रदेश स्वास्थ्य निर्देशनालयले राखेको तथ्यांकमा जनाइएको छ छ । संक्रमितहरुलाई एआरटी सेवा सुर्खेत, दैलेख, कालिकोट र रुकुममा बिस्तार भएको छ ।  

प्रतिक्रिया