रास्वपाको संसदीय दलको बैठक बस्दै

रास्वपाको संसदीय दलको बैठक बस्दै

काठमाडौं -   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दै छ। शुक्रबार साँझ ५ बजे दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको प्रमुख सचेतक सन्तोष परियारले बताउनुभयो  ।

उहाँका अनुसार बैठकमा संसदका विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसदमा पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावको विषयमा छलफल हुने छ ।

भदौ ११ गते ३ बजे सभापति चयन गर्ने गरी कार्यतालिका प्रकाशन भएको छ । सत्ता र प्रमुख प्रतिपक्षबीच संसदीय समितिको भागबण्डा हुँदा राष्ट्रिय मान्यता प्राप्त रास्वपा र राप्रपालाई बाइपास गरिएको थियो । समिति सभापतिका लागि उम्मेदवार दिने वा नदिने भन्नेबारे बैठकले टुंगो लगाउने परियारले बताउनुभयो  ।

पार्टीको आगामी संसदीय अभ्यास र विविध विषयमा छलफल हुने परियारले बताउनुभयो  । रास्वपाले संसदीय दलमा सामुहिक छलफल गरेर मात्र संसद बैठकमा सहभागी हुने अभ्यास थालेको छ ।

प्रतिक्रिया