रुकुममा कर्मचारीको ब्याडमिन्टन प्रतियोगिता हुने

रुकुममा कर्मचारीको ब्याडमिन्टन प्रतियोगिता हुने

रुकुम पश्चिम-   रुकुम पश्चिममा कर्मचारीहरुका विचमा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । स्थापना दिवसको अवसरमा राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन केन्द्रीय समितिले सदरमुकाम मुसिकोट खलंगामा मेन्स डबल खुला अन्तर कर्मचारी ब्याडमिन्टन प्रतियोगिता संचालन गर्न लागेको हो । प्रतियोगिता भाद्र १० र ११ गते मुसिकोट खलंगाको बराहटाकुरा कबर्डहलमा संचालन हुने राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनका केन्द्रीय सचिव इश्वर रावलले बताउनुभयो  । 

उहाँका अनुसार प्रतियोगितामा सबै कर्मचारीहरुले भाग लिन पाउने छन् । प्रतियोगिताको विजेता जोडीले १५ हजार नगद, कप, मेडल र प्रमाण–पत्र तथा उप विजेताले १० हजार नगद, कप, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने रावलले बताउनुभयो । त्यस्तै सेमिफाइनलसम्म पुग्ने दुई जोडीले सामान ५ हजार नगद, मेडल र प्रमाण–पत्र पाउने छन् । प्रतियोगितामा सहभागिताका लागि भाद्र ९ गते बेलुकी ५ बजेसम्म सम्पर्क गर्न सकिने आयोजकले बताएको छ । 

१० गते बिहान ७ बजेदेखि खेल सुरु हुने र ११ गते चियापान तथा अन्य कार्यक्रम सहित समापन कार्यक्रम हुने बताइएको छ । प्रतियोगिताको व्यवस्थापकका रुपमा राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन रहेको छ । 

प्रतिक्रिया