ठाटीकाँधमा बालबालिकाको शैक्षिक गुणस्तरको मापन गर्न अभिमुखिकरण

ठाटीकाँधमा बालबालिकाको शैक्षिक गुणस्तरको मापन गर्न अभिमुखिकरण

ठाटीकाँध-   बालबालिकाको शैक्षिक गुणस्तरको मापन गरि सुधार गर्ने उद्देश्यले ठाटीकाँधमा १ दिने अभिमुखिकरण कार्यक्रम संचालन भएको छ ।

 एइ आइ एन लक्जेम्बर्गको आर्थिक सहयोग ठाटीकाँध गाउँपालिकाको साझेदारी, सोसेक नेपालद्धारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनाको आयोजनामा ठाटीकाँध गाउँपालिका स्थित आधारभूत तहका शिक्षकहरुलाई प्रारम्भीक कक्षा पठन/गणित सिप परिक्षण सम्बन्धि १ दिने अभिमूखिकरण  कार्यक्रम संचालन गरिएको हो । 
 
अभिमुखिकरण कार्यक्रममा १७ वटा विद्यालयमा कार्यरत शिक्षकहरुको सहभागिता रहेको छ । अभिमूखिकरण कार्यक्रमको सहजिकरण शैक्षिक गुणस्तर परिक्षण केन्द्र सानोठिमी भक्तपुरका प्रशिक्षक श्याम प्रसाद आचार्यले गर्नुभएको  सहकार्य परियोजना संयोजक जीवराज रेग्मीले बताउनुभयो  ।   

उहाँका अनुसार बालबालिकाको शैक्षिक गुणस्तरको मापन गरी सुधार गर्ने उद्देश्यले अभिमुखिकरण गरिएको र अभिमुखिकरण पश्चात बालबालिकाको पठन सिप र गणितीय सीपको परिक्षण गर्ने विधिको छलफल भएको र विद्यालयमा बालबालिको पठन सिपको परिक्षण हुने र सोको नतिजा बिश्लेषण समेत हुने रेग्मीले बताउनुभयो  ।

प्रतिक्रिया