वार्षिक  प्रगती  समिक्षा गोष्ठी कार्यक्रम सम्पन्न

वार्षिक  प्रगती  समिक्षा गोष्ठी कार्यक्रम सम्पन्न

ठाटीकाँध-   दैलेखको ठाटीकाँध गाउँपालिकामा  स्वास्थ्य  कार्यक्रमको  वार्षिक  प्रगती  समिक्षा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

सोसेक नेपालको साझेदारी, ठाटीकाँध गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा उक्त वार्षिक प्रगती समिक्षा गोष्ठि कार्यक्रम सम्पन्न भएको हो ।

 उक्त कार्यक्रममा पोषण, खोप, शिशु मृत्युदर, परिवार नियोजन सेवा, एएनसि, पिएनसि भ्रमण लगायतका सम्वेदनशिल कुराहरुको विवरण प्रस्तुतत गरिएको बताइएको छ  । जस अन्र्तगत गाउँपालिकाको ६ वटै वडाहरुमा दुइसय ९२ जना सुत्केरी भएका छन् । 

जस्मा ११ जना घरमै सुत्केरी भएको तथ्यांकमा उल्लेख छ । घरमै सुत्केरी हुनेको संख्या घटाउन समुदायमा  जनचेतना  मुलक कार्यक्रम राख्ने र स्वास्थ  शिक्षा दिने  प्रतिवद्धता रहेको छ । 

 भौगोलिक  विकटताका कारण  सुत्केरीलाई   इस्टे«चरमा  हालेर  लैजाने बाटो पनि  नभएको  कारण ले  यस्तो  समस्या आयको  बताइएको छ ।आर्थिक वर्ष २०८०/०८१  का लागि  स्वास्थ्य को  कार्ययोजना को  निर्माण  पनि  भएको बताइएको छ । 

प्रतिक्रिया