एचआईभी/एड्स​​​​​​​ सचेतना र उपचारले स्वास्थ्य प्रणालीमा सहयोग

एचआईभी/एड्स​​​​​​​ सचेतना र उपचारले स्वास्थ्य प्रणालीमा सहयोग

स्वास्थ्य सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख डा. धर्मराज रेग्मीले दैलेख प्लसले एचआईभी/एड्स बिरुद्ध गरिरहेको सचेतना र उपचार सहयोगको कामले स्वास्थ्य प्रणालीमा सहयोग पुगेको बताउनुभएको छ । दैलेख प्लसले सञ्चालन गरेकाे एचआईभी कार्यक्रमको आइतबार दैलेख सदरमुकाममा जिल्ला स्तरीय समन्वय बैठकमा उहाँले सो विचार राख्नुभएको हो ।   

डा. रेग्मीले दैलेख प्लसले जनचेतनामूलक काममा पालिका तहमा समन्वय बढाउन सुझाव दिनुभयो । एचआईभी/एड्स उपचार तथा सचेतनामा प्रभावकारी काममा साझेदारी गर्न चाहेको तर स्थानीय तहहरुले वास्ता नगरेको दैलेख प्लसका अध्यक्ष खेमराज बिकले दुखेसो पोख्नुभयो । 

पटक पटक स्वास्थ्य अवस्था जान्न तथा परीक्षण गर्न जाँदा सेवाग्राहीहरुले झण्झट मान्ने गरेको, एचआईभी/एड्स संक्रिमित र प्रभावितहरुले पाउने सेवा तथा सुविधाहरु दिन स्थानीय सरकारका निकायहरु सहयोगी नदेखिएको दैलेख प्लसका हेल्थ केयर प्रोभाइडर देबकुमारी खत्रीले समस्या सुनाउनुभयो । 

दैलेख प्लस स्थापनाको १२ वषदेखि एचआईभी/एड्स संक्रिमित र प्रभावितहरुको अधिकार तथा सचेतना निम्ति काम गर्दै आउने क्रममा पछिल्लो समय ग्लोबल फण्डको तथा सेभ द चिल्ड्रेनसंगको साझेदारी तथा राष्ट्रिय एचआईभी/एड्स महासंघको व्यवस्थापमा दैलेख सदरमुकाममा हेरचाह केन्द्र सञ्चालन गरिएको हो ।

प्रतिक्रिया