हिंसा, विभेद र असमानता हटाउन गैरसरकारी संस्थाहरुले महत्वपूर्ण भूमिका

हिंसा, विभेद र असमानता हटाउन गैरसरकारी संस्थाहरुले महत्वपूर्ण भूमिका
सुन्नुहोस्

कर्णाली प्रदेशसभाका सदस्य पूर्णबहादुर खत्रीले समाजमा महिला माथि भइरहेको सबै प्रकारका हिंसा, जातीय विभेद र असमानता हटाउन गैरसरकारी संस्थाहरुले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । सोसेक नेपालको २६ औं वार्षिकोत्सव तथा साधारणसभाको उद्घाटन कार्यक्रममा सोमबार उहाँले संस्थाले समाज परिवर्तनका लागि अग्रणी भूमिका खेलेको प्रष्ट्याउनुभयो ।

त्यसबखत राउटे मुखिया सुर्यनारायण शाहीले सोसेक नेपालले आफूहरुको जीवनस्तर सुधार र सेवा सुविधा सहजै उपलब्धताको निम्ति पहलकदमी गरेको भन्दै प्रशंसा गर्नुभयो । कार्यक्रममा नारायण नगरपालिकाका पूर्व मेयर रत्नबहादुर खड्काले महिला अधिकार प्रवद्र्धनका निम्ति सोेसेक नेपालको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । 

सोसेक नेपालका अध्यक्ष मञ्जू खड्काको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापा, महासचिव महेन्द्र कार्की, कोषाध्यक्ष संगीता राना लगायतले सोसेक नेपालले समाजमा गरिरहेका कामको प्रभाव बारे चर्चा गर्नुभएको थियो । बाल क्लव प्रतिनिधि अस्मिता खड्का र रंगकर्मी गंगबहादुर अधिकारीले सामाजिक सचेतनामूलक गीत तथा नाटक प्रस्तूत गर्नुभएको थियो ।


   
 


 
 

प्रतिक्रिया