साँसद रानाकाे शुभकामना : समाजको गतिशीलता अनुसार विकास गरिनुपर्छ

साँसद रानाकाे शुभकामना : समाजको गतिशीलता अनुसार विकास गरिनुपर्छ

प्रतिनिधिसभाका साँसद सीताकुमारी रानाले लाभग्राहीहरूको आवश्यकता, समाजको गतिशीलता र परिवर्तन अनुकुल विकास तथा सचेतनाका कामहरु गरिनुपर्ने बताउनुभएको छ । सोसेक नेपालको २६ औं वार्षिकोत्सवको अवसरमा सोमबार शुभकामना सन्देश दिंदै उहाँले समावेशीता, संस्कृतिलाई प्रवद्र्धन, सामाजिक विविधता र एकता कायम राख्नुपर्ने आग्रह गर्नुभयो । 

साँसद थापा सोसेक नेपालको यात्राले अभाव, असमानता र अन्यायमा परेकाहरुप्रति सकारात्मक विभेदको नीतिहरुलाई न्याय, जीवन उपयोगी सीप तथा ज्ञान र उत्थानका लागि काम गर्दा कैयन पटक संस्थाले थुप्रै असजिलो भोगेको स्मरण गर्दै संस्था विचलित नभई निरन्तर पहरेदारीमा जुटेको शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ । 

सोसेक नेपालले पैरबी गर्दै आएका बिषयहरु नेपालको संविधान र ऐन कानूनहरुमा अधिकार प्रत्याभूती भएको गौरव लागेको भन्दै सो संस्थाका पूर्व अध्यक्ष समेत रहनुभएकी साँसद थापाले यी उपलब्धीहरु प्राप्तीमा संस्थापक अध्यक्ष, पदाधिकारी, आजीवन सदस्य, साधारण सदस्य, कर्मचारी, सरोकारवाला, साझेदार सबैमा कृतज्ञता व्यक्त गर्नुभएको छ ।

वार्षिक साधारणसभालाई सहभागितामूलक, यस अघि भएका कामको समीक्षा र भावी योजना निर्माण, आवश्यक नीति तथा कार्यक्रम तय गरी परिणाममुखी बनाउन संस्थाको बर्तमान नेतृत्व र कर्मचारीलाई प्रतिनिधिसभाका साँसद सीताकुमारी रानाले शुभकामना दिनुभएको छ । उहाँको यो सन्देश सोमबार दैलेख सदरमुकाममा आयोजित सोसेक नेपालको २६ औं वार्षिकोत्सव कार्यक्रममा वाचन गरेर सुनाइएको थियो । 


 

प्रतिक्रिया