राप्रपाकाे ज्ञापनपत्र : बहुसंख्यक हिन्दूहरुले असुरक्षित

राप्रपाकाे ज्ञापनपत्र : बहुसंख्यक हिन्दूहरुले असुरक्षित

राष्ट्रिय प्रजातन्त्र पार्टी दैलेखले बहुसंख्यक हिन्दू भएको देशमा उनीहरुले असुरक्षित हुन परेको भन्दै हिंसात्मक गतिविधि रोक्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । देशभरबाट जिल्ला प्रशासन कार्यालयबाट ज्ञापनपत्र पठाउने कार्यक्रम अनुसार ज्ञापनपत्र दिइएको हो । 

नेपालको संविधानको धारा २६ र मुलुकी अपराध सहिंता २०७४ को दफा २८९ विपरित धरानमा गोरु काटी मासु सामाजिक सञ्जालमा हिंसा भड्काउने काम गर्दा पनि सरकारले बेवास्ता गरेको भन्दै शान्ति सुव्यवस्था र सामाजिक सद्भाव कायम गराउन ज्ञापन पत्रमा आग्रह गरिएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी दैलेखका जिल्ला सभापति भक्तबहादुर शाही, नेताहरु रणबहादुर सिंह, गंगाराम बस्नेत, मनोज थापा लगायतको टोलीले दैलेख निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालालाई ज्ञापनपत्र हस्तान्तरण गरेको थियो । कोइरालाले ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पठाइसकेको जानकारी दिनुभयो । 

प्रतिक्रिया