समाजवादी मोर्चाको सन्देश सभा सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड सुर्खेत आउँदै

समाजवादी मोर्चाको सन्देश सभा सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड सुर्खेत आउँदै

सुर्खेत -   प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेतमा आउने भएका छन् ।

भदौ १४ गते बिहीबार वीरेन्द्रनगरमा हुने समाजवादी मोर्चाको ‘सन्देश सभा’ लाई सभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड सुर्खेत आउने भएका हुन् ।

बुधवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले प्रचण्डसँगै समाजवादी मोर्चाका शीर्ष नेताहरू आउने बताउनुभयो  ।

अध्यक्ष केसीले सङ्घीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक, आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्नु मोर्चाको मुख्य उद्देश्य रहेको बताउनुभयो  ।

उहाँका अनुसार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सी सुर्खेत आउने केसीले बताउनुभयो ।

उहाँका अनुसार कार्यक्रमको आयोजना वीरेन्द्रनगरको सिटी हलमा गरिने छ । बिहीबार दिउँसो ११ बजेबाट कार्यक्रम सुरु हुने र प्रधानमन्त्री प्रचण्डसहितका शीर्ष नेताहरू सोही दिन सभालाई सम्बोधन समय तालिका रहेको छ ।

प्रतिक्रिया