पाकिस्तानविरुद्ध नेपालको मध्यम प्रदर्शन

पाकिस्तानविरुद्ध नेपालको मध्यम प्रदर्शन पाकिस्तानको विकेट लिँदै नेपाली खेलाडी तस्बिर : पाकिस्तान क्रिकेट बोर्ड

काठमाडौँ -   एसिया कपमा पाकिस्तानले नेपालविरुद्ध मध्यम प्रर्दशन गरिरहेको छ।  मुलतान क्रिकेट स्टेडियममा घरेलु टोलीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गरिरहेको छ। 

पावर प्ले मा पाकिस्तानले २ विकेटको क्षतिमा ४४ रन बनायो ।  ११ औं ओभरको खेल जारी रहँदा कप्तान बाबर आजम १२ र मोहम्मद रिजवान ८ रनमा क्रिजमा छन्। 

सोमपालले सातौ ओभरको पहिलो बलमा इमाम उल हकलाई कप्तान रोहित पौडेलको हातबाट रन आउट गराए।  त्यसअघि अलराउण्डर करण केसीले एसिया कपमा पाकिस्तानविरुद्ध नेपाललाई पहिलो सफलता दिलाएका थिए। 

करणले छैटौँ ओभरको तेस्रो बलमा ओपनर ओपनर फखर जमानलाई विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट गराउँदै पवेलियनको बाटो देखाएका थिए।

प्रतिक्रिया