नयाँ नक्सामा सीमा मिचिएपछि बालेनद्वारा चीन भ्रमण स्थगित

नयाँ नक्सामा सीमा मिचिएपछि बालेनद्वारा चीन भ्रमण स्थगित

 

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले चीन भ्रमण स्थगन गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल (फेसबुक)मा बिहीबार पोष्ट राख्दै आफूले चीनको निमन्त्रणमा हुन लागेको भ्रमणमा नजाने निर्णय गरेको बताउनुभएको हो  । 

छिमेकी देश चीनले केहिदिनअघि आफ्नो नयाँ नक्सा सार्वजनिक गर्दा नेपालको चुच्चे नक्सा नराखी पुरानो नक्सा नै समेटेकाले उनले असन्तुष्टि जनाउनुभएको छ  । चीनको उक्त कदमले नेपालीको संवेदनशीलतामाथि ठेस पुर्याएको भन्दै उहाँले चीनको निमन्त्रणामा हुन लागेको पाँचदिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको जनाउनुभएको हो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी नेपालले  २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौं । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । नेपाली भू–भागलाई  चीनले  नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका  छौँ । त्यसैले आज मेरो चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’

प्रतिक्रिया