एमालेभित्र ठूलो चिरा पर्ने संकेत छ : प्रधानमन्त्री प्रचण्ड

एमालेभित्र ठूलो चिरा पर्ने संकेत छ : प्रधानमन्त्री प्रचण्ड

सुर्खेत -   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र ठूलो चिरा पर्ने संकेत देखिएको बताउनुभएको छ ।

बिहिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बिहीबार दिउँसो बोल्दै प्रधानमन्त्रीसमेत रहेका उहाँले यस्तो बताउनुभएको हो ।  ‘अहिले हाम्रो प्रतिपक्षी दल छ, त्यहाँभित्र ठुलो चिरा पर्ने संकेत देख्छु,’ उहाँले भन्नुभयो, ‘हामी त्यसपछि सँगै हुन पनि‌ सकिन्छ ।’

उहाँले जनयुद्धको आधार इलाका कर्णाली भए जस्तै समाजवादी क्रान्तिको केन्द्र पनि अब कर्णाली बन्न सक्ने बताउनुभयो ।

प्रतिक्रिया