भौतिक पूर्वाधार मन्त्री ज्वालाले गरे रङ्गशालाको अनुगमन

भौतिक पूर्वाधार मन्त्री  ज्वालाले गरे रङ्गशालाको अनुगमन

सुर्खेत -   सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश गौरवको आयोजना रङ्गशालाको अनुगमन गर्नुभएको छ  । 

अनुगमन पश्चात् रङ्गशाला परिसरमा वृक्षारोपण समेत गरेका थिए । रङ्गशालाको काम यति बेला धमाधम भइरहेको र लक्ष्य अनुसार नै सम्पन्न गरिने प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।

मन्त्री ज्वालाले रङ्गशालालाई प्रदेश सरकारले एउटा ड्रिम प्रोजेक्टका आधारमा अघि सारेको बताउनुभयो  । ‘म प्रदेशको अर्थ मन्त्री हुँदा पहिलो पटक १० करोड रकम विनियोजन भएको थियो,’ ज्वालाले भन्नुभयो,‘ प्रदेश सरकारले यसलाई आवश्यक बजेट व्यवस्था गरेर बढाएकोमा गर्व लागेको छ ।’

कर्णालीमा अन्तर्राष्ट्रिय स्तरको संरचना बनेकोमा उहाँले प्रदेश सरकार र परिषद्लाई धन्यवाद समेत दिनुभयो  । साथै सङ्घीय सरकारबाट गर्नुपर्ने सहयोगका लागि पहल गरिने पनि उहाँको भनाइ थियो । 

रङ्गशालाको काम करिब ६५ प्रतिशत भन्दा बढी भइसकेको छ । बिहीबार समाजवादी मोर्चाको कार्यक्रमका सहभागी हुन आएका मन्त्री शर्मा शनिवार दिउँसो काठमाडौँ फर्कने बताइएको छ । 

प्रतिक्रिया