महालक्ष्मीले थाल्यो पर्यटन प्रर्वद्धन अभियान

महालक्ष्मीले थाल्यो पर्यटन प्रर्वद्धन अभियान

ललितपुर -  पर्यटकीय नगरका रूपमा रहेको ललितपुरको महालक्ष्मी नगरपालिकाले पर्यटन विकासका लागि ‘महालक्ष्मी पर्यटन प्रर्वद्धन अभियान’ सुरू गरेको छ । 

आज सभामुख देवराज घिमिरेले एक कार्यक्रमबीच नगरको यो अभियान उद्घाटन गरेको मेयर हरिगोबिन्द श्रेष्ठले बताउनुभयो  ।

नगरपालिकाका विभिन्न पर्यटकीय गन्तव्यको विकास गर्न, यी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन अभियान थालिएको उहाँको भनाइ छ । 

प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरुसमेतलाई उपस्थित गराएर नगरपालिको यो अभियान सुरु गरेको हो । 
नगरपालिकाभित्र महालक्ष्मी मन्दिर, ऐतिहासिक र प्राचीन लुभु बजार, लाँकुरीभन्ज्याङ, श्रृंगीऋषि गुफा, सचिदानन्द आश्रम, मनमोहन भ्यूटावर, गणेशमान पार्कजस्ता पर्यटकीय र धार्मिक स्थल छन् । 

यो क्षेत्र बोटानिकल क्षेत्रसमेत भएकाले यसको प्रचारप्रसार गर्ने र पर्यटकीय गन्तव्यहरुलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ अभियान थालिएको वडा नम्बर ८ का वडाध्यक्ष विश्वराज श्रेष्ठले बताउनुभयो  ।

प्रतिक्रिया