डुंगा पल्टिएर कर्णाली नदीमा एक किशोर बेपत्ता

डुंगा पल्टिएर कर्णाली नदीमा एक किशोर बेपत्ता

दैलेख – नदी तर्न चढेको डुंगा पल्टिँदा आइतबार दैलेखमा एक किशोरी कर्णाली नदीमा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चामुन्डाबिन्द्रासैनी नगरपालिका–७ पालतडाका छोरा १६ बर्षको शिब शाही भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक मगराठीले जानकारी दिनुभयो ।

आठबिस नगरपालिका–१ रामघाट नजिकबाट अछामको तुर्माखाँद गाउँपालिका–३ भैरबस्थान पुग्न नदी तर्न चढेको डुंगा पल्टिँदा डुंगामा सवार ती किशोर बेपत्ता भएकोमा स्थानीय र प्रहरीले खोजी गरिरहेको तर अझैं फेला नपरेका प्रहरीको भनाई छ ।
 

प्रतिक्रिया