रुकुमपश्चिममा खोलाले बगाउदा दाजु बहिनीको मृत्यु
रूकुम- रूकुम पश्चिमको चौरजहारी नगरपालिकामा खोलाले बगाउदा एकै दाजु बहिनीको मृत्यु भएको छ । वडा नम्बर ६ घर्तिकाँडाका रतन बुढाथोकीका १० वर्षिय छोरा मनोज र ६ वर्षिया छोरी भावनाको आइतबार अपरान्ह ४: ३० बजे बिद्यालयबाट घर फर्किने क्रममा खोलामा आएको बाढीले बगाउदा मृत्यु भएको हो ।
उनीहरूलाई नाउलाखोलाले बगाएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णुप्रसाद श्रेष्ठले बताउनुभयो । मनोजको शव १ सय ५० मिटर र भावनाको शव ८ सय मिटर तल फेला फरेको उहाँले बताउनुभएयो ।
उहाँका अनुसार बाढी आएको बेला खोला तर्ने क्रममा दुई भाइ बहिनी बगेका हुन् । उनीहरू आधारभूत विद्यालय घर्तिकाँडामा अध्यनरत थिए । मनोज कक्षा ३ र भावना कक्षा १ मा पढ्थिन् । आइतबार दिउँसो हावाहुरीसंगै ठुलो वर्षा भएको थियो ।
प्रतिक्रिया