घट्टेखोलामा पुल नहुँदा स्थानीयलाई आवतजावत गर्न समस्या
रुकुम पश्चिम- रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ८ को घट्टेखोलामा पुल नहुँदा स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ । विशेष गरी वर्षातको सयममा घाँस दाउदा गर्दा खोला वारपार गर्नुपर्ने भएकाले पुल नहुँदा समस्या भएको स्थानीयको भनाई छ ।
त्यसठाउँका स्थानीय जोखिम मोलेर खोला वारपार गर्न बाध्य छन् । स्थानीय सरकारले पुल बनाउन चासो नदेखाएपछि युवाहरुको पहलमा खोला वारपार गर्न काठेपुल निर्माण गरिएको स्थानीय टेकराज विश्वकर्माले बताउनुभयो ।
उहाँका अनुसार स्थानीयको श्रमदाबाट काठेपुल निर्माण गरिएको छ । पुल निर्माण भएपछि स्थानीयलाई आवतजावत गर्न सहज भएको छ । पटक पटक वडा कार्यालयलाई पुलको बारेमा गुनासो गर्दा पनि वडा कार्यालयले सम्बोधन नगरेपछि स्थानीयहरु मिलेर श्रमदान मार्फत काठेपुल निर्माण गरेका हुन् ।
खोलामा पुल निर्माणका लागि पहल भइरहेको वडाले जनाएको छ । घट्टेखोलामा स्थानीयले काठेपुल निर्माण गरेपछि सोही पुलबाट स्थानीयले आजवजावज गरिरेका छन् ।-कखरा
प्रतिक्रिया