तीन दशकदेखि अलपत्र ‘बीऊ घर’
पर्वत - कुश्मा नगरपालिका– ९ कटुवाचौपारीमा निर्माण गरिएको यहाँको एकमात्र ‘बीऊ घर’ (मिनिसिड हाउस) सञ्चालनका लागि माग स्थानीयले गरेका छन् । बीऊ घर विगत तीन दशक अघिदेखि अलपत्र अवस्थामा छ ।
किसानले उत्पादन गरेका अन्न तथा तरकारी बाली प्रशोधन र परीक्षण गर्न सञ्चालनमा ल्याइएको बीऊ घर सम्बन्धित निकायको बेवास्ताका कारण २०४९ सालदेखि बन्द छ । विसं २०३३ मा बनेको भवन र लाखौँ मूल्यका उपकरण प्रयोगमा आउन नसकेकाले भवन भत्कने र उपकरण कामै नलाग्ने अवस्थामा पुगेक स्थानीय रामशर्मा पौडेलले बताउनुभयो ।
भवनमा रहेका मोइक्सर टेस्टर (बीउको आद्रता नाप्ने यन्त्र), ग्रडिङ प्लेट, ग्रेडिङ जाली, स्केपिङ जाली, मकै छोडाउने भाडा, एभर स्केल, सीड लिनर जस्ता मेसिन बिग्रिसकेका छन् । तरकारी र बीउ प्रर्बद्धन परियोजनाले निर्माण गरेको भवन एक रोपनी सात आना तीन पैसा दुई दाम क्षेत्रफलमा फैलिएको छ ।
सो भवन परियोजनाले कृषि सामग्री संस्थानलाई हस्तातरण गरेपनि त्यसको उचित रेखदेख र प्रयोगमा नल्याउँदा अलपत्र बनेको हो । भवन अलपत्र पर्दा कृषकहरुले बिउ प्रशोधन गर्नवाट बञ्चित भएका छन् । किसानले उत्पादन गरेका धान, मकै, आलु, तरकारिका बीउपरीक्षण नगरी लगाउने गरेकाले यस क्षेत्रमा उत्पादन कम हुने गरेको किसमाले गुनासो गरेका छन् ।
कुश्मा नगरपालिकाका कटुवाचौपारी, पिपलटारी, शङ्करपोखरी, ठुलीपोखरी, शङ्करपोखरीलगायत दुई दर्जनभन्दा बढी वडाका बासिदाले पुनःसञ्चालनका लागि माग गरेका हुन् । मिनिसिड हाउसमा मकै, गहु‘ लगायतका बाली प्रसोधन गर्ने गरेका थियौँ, कटुवाचौपारी–३ का तोयनाथ पौडेलले भन्नुभयो,ुबीऊ प्रशोधन गरी बाली लगाउँदा उत्पादन पनि बढी भएको थियो, अहिले त प्रशोधन नगरी बाली लगाउनाले कम उत्पादन भइरहेको छ ।
सदरमुकाम कुश्माबजार भन्दा बाहिर रहेको भवनलाई आवश्यकता अुनसार प्रयोग गर्न नसकिएको कृषि सामग्री कम्पनी लिमिटेड पर्वतले जनाएको छ । सरकारले आवश्यक सहयोग गरेमा पुनः सञ्चालन गर्न सकिने वडा अध्यक्ष राम शर्मा लामिछानेको भनाइ छ ।
भौतिक सुधार र संरक्षणको अभावमा भवनसमेत जीर्ण बन्दै गएको छ । उक्त भवनबारे नगरपालिकासमेत बेखबर छ । अलपत्र बनेको भवनको विषयमा आवश्यक जाँचबुझ गर्ने वडाध्यक्ष लामिछानेले बताउनुभयो ।
प्रतिक्रिया