सितोरियो कराते संघको प्रदेश अध्यक्षमा विष्ट चयन
सुर्खेत - नेपाल सितोरियो कराते संघको कर्णाली प्रदेशको अध्यक्षमा हरि विष्ट चयन हुनुभएको छ ।
संघको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट विष्टले अध्यक्षको जिम्मेवारी प्राप्त गर्नुभएको हो ।
सोमबार बिहान वीरेन्द्रनगरमा भएको अधिवेशनले उहाँलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो ।
अधिवेशनबाट उपाध्यक्षमा हेमन्त कुमार मल्ल, रामप्रसाद पाण्डे, गोविन्द घर्ती, चित्र राना, सचिवमा रमेश कुमार थापा, सहसचिवमा सीता भण्डारी, नन्दलाल खत्री, कोषाध्यक्षमा हिमाली भण्डारी र सदस्यमा प्रेम पाण्डे, ज्ञानेन्द्र भण्डारी, सन्तोष महतरा, लेखत बहादुर शाही, प्रियङ्का शाही र अजय गुरुङ चयन हुनुभएको छ ।
प्रतिक्रिया