मानव बेचबिखन रोकथामका लागि सम्वेदनशीलता जरूरी
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले मानव बेचबिखन अति गम्भीर अपराध रोकथामका लागि समाजका सबै क्षेत्र सम्वेदनशील हुनुपर्ने बताउनुभएको छ । १७ औं मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा आज सरस्वती मावि तर्ताङ्गमा आयोजित सचेतना कार्यक्रममा उहाँले सो कुरा भन्नुभएको हो ।
नारायण नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख गोमा केसीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर दिपक मगराठी, सोसेक नेपालको बाल हेल्पलाइनका संयोजक रमा श्रेष्ठले मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस र सजगताको आवश्यकता विषयमा प्रकाश पार्नुभएको थियो ।
त्यस बखत अनौपचारिक क्षेत्र सेवा केन्द्र दैलेखका किशोरी आत्मरक्षा अभियानका सहजकर्ताहरु कृष्णकला थापा र भद्रा बस्नेतले यौनजन्य दुव्र्यवहारको पहिचान र बलात्कारजन्य घटनाबाट जोगिने तरिका विषयमा अभिमुखीकरण तथा नमूना अभ्यास प्रस्तूत गर्नुभएको थियो ।
प्रतिक्रिया