सरर....नारा लेकमा गाडी

सरर....नारा लेकमा गाडी तस्बिरः राजन रावत, हुम्ला

सिमकोट – उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– ५ को नारा लेकमा यतिबेला सिमकोट हिल्सा सडकमा गाडी सञ्चालनमा आइरहेका छन्।

वर्षा लागेसँगै सडकका जमेको हिउँ पन्छाउने कार्य भएपछि चार हजार ६ सय मिटर अग्लो सडकमा गाडी गुड्ने क्रम बढ्दै गएको हो।

हिल्साका होटेल ब्यवसायी कार्म लामाले हाल नियमित रुपमा बस, बोलेरो जीप, ट्याक्टर, टिपरलगायत सवारी साधन सञ्चालनमा रहेको बताउनुभयो ।

पर्यटन व्यवसायीसमेत रहेका लामाले हाल दैनिक चालीस वटाभन्दा बढी सवारी साधन सञ्चालन हुने गरेको बताउनुभयो । चीनले हिल्सा नाका सञ्चालनमा ल्याएपछि नारा लेकको सडकमा यातायातका साधन सञ्चालनमा आएका हुन्।

यसबाट मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटक, चीनको ताक्लाकोटमा काम गर्न जाने हुम्लावासी, हुम्ला आयात हुने सामान ढुवानी गर्न सहज भएको छ।

प्रतिक्रिया