स्थापनाको २६औँ वर्षमा सोसेक नेपाल

समुदायका पिरमर्का बुझ्दै दैलो–दैलोमा पुग्दै

स्थापनाको २६औँ वर्षमा सोसेक नेपाल


सुर्खेत -   अपाङ्ग त्यो हो जस्को हात खुट्टा भएर पनि केहि गर्न सक्दैनन् । सपाङ्गभएर पनि जाँड रक्सि खाएर समाजमा झैझगडा गर्दै हिड्छन् । घरमा श्रीमती कुट्छन ति हुन अपाङ्ग म आपाङ्ग होइन । म अपाङ्ग भएर पनि आफ्नो कर्ममा व्यस्त हुन्छु । म आफ्नो बिज्नेसकोे दिनमाचारवटा मिटिङ् गर्छु । यो भनाई हो उनै गुराँस गाउँपालिका १ सिमेसालका सन्तोष सिंह खड्का ।सोसेक नेपालको २६ औँ वार्षिकउत्सव तथा साधारण सभा कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँ शारिरिक रुपमा अशक्त हुनुहुन्छ । उमेरले २३ वर्षको पुग्नुभएकोउहाँको एउटा हात दुइवटा खुट्टा चल्दैन । पुर्णतया शरिर चल्दैन । यताउती हिड्डुल गर्दा पनि अरुको साहारामा हिड्डुल गर्नुपर्छ  ।

जन्मजात शारिरिक रुपमा अशक्त भएका सन्तोषले कतैबाट केही सहयोग नपाएपश्चात् आत्महत्याको बाटो रोज्ने योजनामा हुनुहुन्थ्यो  । तर, उहाँको जिन्दगीमा नयाँ उपहार नयाँ जिन्दगी बनेर गयो सोसेक नेपाल र हीरासिंह थापा । सन्तोषको त्यस्तो समस्याबारे सोही ठाउँको एक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्र रिजालले सोसेक नेपाललाई जानकारी गराएपछिसोसेक नेपालले तत्काल स्कुल एट होम संचालन गरेर उहाँलाई पढाउनको लागि घरमै शिक्षकको व्यवस्था घरेर घरमै पढ्न बाताबरण मिलाएको सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले बताउनुभयो । उहाँका अनुसार अहिले ग्रिन जब परियोजनाबाट तालिम प्राप्तपछि उहाँलाई धेरै कुराको अनुभव भएको थापाले बताउनुभयो । 

पहिले खड्काको नाजुक अवस्था रहेको थियो । शरिर चलाउन सक्ने अवस्था थिएन । राम्रो सँग बोल्न सक्नुहुदैन थियो । २०७४ मा बराहस्थान प्राथमिक विद्यालयमा शिक्षकका रुपमा नगेन्द्र रिजालले भन्नुभयो । उहाँको त्यस्तो अवस्थाबारे जानकारी पाएपछि आफुले सोसेक नेपाललाई जानकारी गराएँ,’उहाँले भन्नुभयो, ‘पहिले निकै दयनीय अवस्था थियो त्यसपछि सोसेक नेपाललाई जानकारी गराएपछि सोसेक नेपालले स्कुल एट होमको व्यवस्था ग¥यो । बराहस्थान प्राविबाट पाँच कक्षाबाट उनको औपचारिक शिक्षा सुरु भएको हो ।’

नेपाल जलवायु परिर्वतन पहल पायलट (ग्रीन जब) परियोजना प्रथम बाट तालिम पाएपछि आफ्ना दिनहरु झनै सहज भएको खड्को भनाई छ  । घरमा आमाबालाइ हौस्याउदै बुबाआमालाई व्यवसायिक तरकारी खेतीमा समेत हौस्याएको खड्का बताउनुहुन्छ । पहिले हाम्रा बाउ बाजेले पुरानै प्रविधिबाट खेतीकिसानी गर्थे सोचेजस्तो आम्दानी हुँदैन थियो,’उहाँले भन्नुभयो, ‘अहिले हामीले नयाँ प्रविधि र विषादी रहित अर्गानिक मलको प्रयोगबाट व्यवसाय गर्दा उत्पादनमा वृद्धि भएको छ ।अरुलाइ कसैलाइ सक्दैन भनेर नभन्नु । हाम्रा बोलिमा भगवानको बास हुन्छ ।’

शारिरिक रुपमा अपाङ्ग भएपनि मानसिक रुपमा तिक्ष्ण बुद्धिका खड्का अहिले अनलाइन तालमि संचालन गर्नुुहुन्छ । शारिरिक रुपमा अपाङ्ग भएता पनि सोसेक नेपालको साथ पाएपछि पढाएसँगै कृषि मात्र नभएर खड्काले भेस्टेज अनलाइन विज्नेसमा मेम्बर भएर काम समेत गरिरहेको बताउनुहुन्छ । घरमै बसेर मोबाइलबाट प्रशिक्षक भएर अन्य मेम्बरलाई समेत हौसला दिदै तालिम दिने गरेको उहाँ बताउनुहुन्छ । घरको कान्छो सन्तान खड्काको त्यस्तो नाजुक अबस्था देख्दा कसैले पत्याएका थिएनन् भष्यिमा यसरि अनलाइन मिटिङ गर्न सक्ला भनेर तर, अहिले उनै खड्का भेस्टेजमा चार वटा अनलाइन मिटिङ गर्ने गर्नुभएको छ । अनलाइनबाट प्रशिक्षक मात्र नभएर कुटानी पिसानी मिलसमेत संचालन गरेको खड्काको भनाई छ ।

खड्का पहिले  शारिरिक रुपमा अपाङ्ग भएकै कारण आफ्नो जीवनबाट हारिसकेका थिए । तर, पछि नयाँ जिन्दगी बनेर सोसेक नेपाल र हीरासिंह थापा र नगेन्द्र रीजाल नयाँ जिन्दगी बनेर गएपछि खड्काको जिन्दगीले नयाँ स्वरुप पाएको खड्काको भनाई छ  । म आत्महत्याको बाटोमा पुग्नै आँटेको थिए,’उहाँ भन्नुहुन्छ, ‘तर, त्यो अवस्थामा हीरासिंह थापा र नगेन्द्र रिजाल मेरो भगवान बनेर आएपछि आफुले नयाँ जिवन पाएको  छु  ।’म जीवनबाट हारेको मान्छेहार खाएर आत्महत्याको बाटो रोज्नै आटेको थिए,’उहाँले भन्नुभयो, ‘त्यही समयमा भगवान बनेर हीरासिंह सर र नगेन्द्र सर आउनुभयो  । त्यसपछि मलाई घरर्मै पढ्ने बाताबरण मिलाइदिनुभयो । त्यसपछि मैले पाँच कक्षाबाट औपचारिक शिक्षा सुरु भयो ।’

त्यस्तै गुराँस गाउँपालिका ८ कि अस्मिता खड्का उमेरले १५ वर्षको हुनुभयो । उहाँमालिका माध्यामिक विद्यालयमा नौ कक्षामा अध्यनरत हुनुहुन्छ । पहिले मान्छे देखे डराउने । धेरै मान्छेको अगाडी बोल्न डराउने उनी अहिले प्रस्ट वक्ता बन्नुभएको छ  । ठुलो मासमा निर्धक्क भएर बोल्न सक्ने उनको क्षमता छ । सोसेक नेपालले गुराँस गाउँपालिकामा कार्यक्रम संचालन गरे पश्चात् उहाँको जिन्दगीले नयाँ स्वरुप पाएको उहाँ बताउनुहुन्छ । 

सोसेक नेपालको कार्यक्रमले परिर्वतन भएको यि केही पात्र मात्र हुन् । माथि उल्लेखित गतिविधिजस्तै अन्य गतिविधिले सोसेक नेपाल दैलेख लगायत अन्य जिल्लाका नागरिकको सुख दुःखको साथी बनेको बताउने गरेका छन् । सोसेक नेपालको शुसासन, परदर्शिता र जबाफदेहिताले साच्चिकै सबैको मनमनमा बस्न सफल भएको त्यहाँका स्थानीय नागरिकको भनाई छ । 

सन्तोष र अस्मिता जस्तै कति धेरैमा भन्दा पनि थोरैमा राम्रो काम गरयौँ भन्ने कुरा महत्वपुर्ण भएको सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले बताउनुभयो । हामीले उठाएका सवालमा हामीले गरेका कामहरुमा राज्यले नीति बनाएर काम गरिरहेको छ,’उहाँले भन्नुभयो, ‘हामीले महिनावारी, बालविवाह, लगायतका थुप्रै कुरा उठायौँ अहिले राज्यले नीति बनाएर काम गरिरहेकोमा हामीलाइ गर्भ छ ।’

सोसेक नेपालले जनताका र बस्तिका समस्या बुझेर कर्णाली लगायत बिभिन्न ठाउमा फैलिएको कर्णाली प्रदेश सभा सदसय पुर्ण बहादुर खत्रीले बताउनुभयो । जनतासङ्ग भएका असजिलाहरुको समाधानमा महत्त्वपूर्ण योगदान पु¥याएको समेत बताउनुभयो । आज समाजले परिर्वतनको बाटो खोजिरहेको छ,’उहाँले भन्नुभयो, ‘महिनावारी भएको समयमा सात दिन नभए हाम्रा छोरी बुहारि घर भित्र जान सक्दैनन् । गाउँ र बस्तिमा पुग्दा सस्थाले सन्चालन र लागु भएको ठाउँमा अहिले परिवर्तन भएको देख्न पाउँदा खुशी लाग्छ  ।’ 

रैथाने बालीको प्रर्बद्र्धन गर्ने सोसेकको योजना 

लोपोन्मुख अवस्थामा रहेको रैथाने बाली प्रर्बद्धनका लागि सोसेक नेपालले यो आर्थिक वर्षबाट रैथाने बालीको प्रर्बद्धन गर्ने योजना रहेको कार्यकारी निर्देशक थापाले बताउनुभयो । अहिले तपाइ हामी सबै हाइवृड भइसकेका छौँ, उहाँले भन्नुभयो, औषधी पसलमा पुग्दा पनि सामान्य डोजले पुग्दैन । हाम्रो स्वास्थ्य त्यति कम्जोर हुँदै गइरहेको छ । 

अब सोसेक नेपालले निकट भविष्यमा पाँच सात वटा जिल्लामा  आफ् सेवा विस्तार गर्ने लक्ष्य राखेका छौँ । हामी त्यतिबेला खुशी हुन्छौँ जति बेला आवाज विहिनकाहरुका आवाज बोल्छौँ, उहाँले भन्नुभयो, हामि र हाम्रो समाज कता तिर छ भन्दा गाइ, भैसि कुकुर बिहायो चुलोमा जान्छ, हामिले बच्चा जन्माउछन गोठमा जान्छौ । यहि हो त हाम्रो मानवता । अझ त्यस्मै पनि छोरा जन्मे छैठि गरेर रमाइलो गर्ने । सुत्केरो ११दिनसम्म लाग्छ भने सुत्केरो कहा जान्छ यस्ता अप्ठेरा कुराहरु  हामिले हटाउनुपर्छ ।’

सोसेक नेपालको २६औँ वार्षिक उत्सव तथा साधारण सभामा बोल्दै नारायाण नगरपालिका नगरप्रमुख लोमन शर्माले बताए । जगाा पुग्दैन कवि त्यहाँ पुग्छ अनुभवि भनेझै जहाँ पुग्दैनन् कवि त्यहाँ पुग्छ सोसेक नेपाल,’उहाँले भन्नुभयो, ‘सबै ठाउँमा सोसेक पुगेर गरिब विपन्न र असहाय र सेवा पहुँच नपुगेको ठाउँमा सेवा विस्तार गरेको छ ।’

पहिले बालक बामे सर्ने अवस्थामा थियो तर, अहिले त्यो बालक हुर्केर हिड्ने मात्र नभएर दौडने भएको शर्माले बताउनुभयो  ।ग्रामीण भेगमा पिछडिएका र पछाडी पारिएका कम्जोर नागरिकक्को जिवन उकासेको छ ।

कुनैबेला भाडा सोसेक नेपालले भाडा तिर्न नसकेको अवस्था थियो, हामी कार्य समितीमा वसेकाले पैसा उठाए घर भाडा तिथ्र्यौ । तर, अहिले त्योे अवस्थालाई चिर्दै अहिले सोसेकले अहिले १३ करोडको बजेट तर्जुमा गरेर बजेट ल्याउन सफल भएको सोसेक नेपालका पुर्व उपाध्यक्ष एवम् आजीवन सदस्य माधव प्रसाद तिमील्सेनाले बताउनुभयो ।

सोसेक नेपालले विभिन्न चुनौतीका बाब्जुद पनि दैलेख लगायत विभिन्न ठाउँमा ग्रामिण समुदायका पिमर्कालाई बुझ्दै ग्रामिण समुदायको दैलो दैलोमा पुग्दै उहाँहरुका समस्या समाधान गर्नमा सफल भएकोमा  गैर सरकारी संस्था महासंघ दैलेखका अध्यक्ष महारुप खत्रीले शुभकामना व्यक्त गर्नुभयो । गैर सरकारी संस्थाहरुलाई अहिले पनि विभिन्न मुद्धा, आक्षेप लगाउने प्रवृत्ति रहेको यस अवस्थामा पनि सोसेक नेपाल अब्बल भएको खत्रीले बताउनुभयो । जिल्ला प्रशासन कार्यलयमा चार पाँचसय गैरसरकारी संस्था भएता पनि जिल्लामा जम्मा चार÷पाँच वटा मात्र संस्था दातृ निकाएको सहयोगबाट चलिरहेको उहाँले बताउनुभयो । गैरसरकारी संस्था नविकरण बर्गिकरणको झन्झटिलो प्रक्रियाको अन्त्य गर्न अनुरोध समेत गर्नुभयो । 

कर्म गर्दै समुदायको मन जित्दै सोसेक नेपाल 

आत्मा साक्षी राखी मन, वचन र कर्मले सेवा गरौँ भन्ने मुल मन्त्र बोकेर २०५४ सालमा स्थापना भएको सोसेक नेपालले अहिले ग्रामिण ठाउँका विभिन्न ३१ वटा क्षेत्रमा काम गर्दै आएको छ । ग्रामिण समुदायका पिरमर्काहरुलाई बुझ्न समुदायको दैलो दैलोमा पुगिरहेको छ । सोही अनुसार सोसेक नेपाल ग्रामिण समुदायका नागरिकका पिर मर्काहरुलाई बुझ्दै दैलो दैलोमा पुग्दै २०७९/८० मा १३ वटा विभिन्न कार्यक्रम तथा परियोजनाहरु संचालन भएको सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले बताउनुभयो ।

 उहाँका अनुसार एईआईएन लक्जेम्बर्ग संगको साझेदारीमा दैलेखको भैरवी गाउँपालिका, कालिकोटको पलाता गाउँपालिकामा महिला, यूवा तथा अधिकार प्रबद्र्धन (आधार) परियोजना संचालनमा रहेर नागरिकका पिर मर्कामा मलम लगाउने काम गर्दै आएको छ । 

त्यस्तै हेल्भेटास नेपालसँगको साझेदारीमा दैलेखको दुल्लु नगरपालिका, डुङ्गेश्वर गाउँपालिका, महाबु, गुराँस गाउँपालिकामा एकिकृत जलस्रोत व्यवस्थापन कार्यक्रम संचालन भएको छ । सेभ द चिल्डे«नसँगको साझेदारी तथा गुराँस गाउँपालिकाको समन्वयमा गुराँस गाउँपालिका दैलेखमा सहयात्रा दोस्रो परियोजना संचालन भइरहेको छ । 

यस्तै सेभ द चिल्डे«न सँगको साझेदारी तथा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, गुराँस गाउँपालिका दैलेखसँगको समन्वयमा वीरेन्द्रनगर नगरपालिका र गुराँस गाउँपालिकामा एलजिबिटिआइ क्यु परियोजना संचालनमा रहेको बताइएको छ । 

गुराँस गाउँपालिका दैलेख र एईआईएन लक्जेम्बर्गको साझदारीमा फिरन्ते जीवन बिताउदै आएका राउटे समुदायको शिक्षा, स्वास्थ्य अधिकार प्रबद्र्धन तथा दैनिक जीवनयापन सुधार(राउटे)परियोजना संचालनमा रहेको छ  ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश, नारायाण नगरपालिका दैलेख, सेभ द चिल्डे«न, एईआईएन लक्जेम्बर्गको सहयोगमा विगत ८ वर्ष देखि जोखिम तथा हिंसामा परेका महिला र बालबालिकाहरुको संरक्षण, आपतकालिन आवास, कानूनी सहायता, मनोबिमर्श आदि सेवाहरु दिदै आएको छ । 

त्यस्तै दुरसंचार प्राधिकरण, राष्ट्रीय बाल अधिकार परिषद, एईआईएन लक्जेम्बर्गसँगको साझेदारीमा बालहेल्प लाइन १०९८, दैलेखबाट दैलेख जिल्ला लगायत छिमेकि जिल्लामा जोखिममा परेका बालबालिकाहरु नौ सय १९ जनाले सेवा पाएका सोसेक नेपालको तथ्यांकमा उल्लेख छ । 

खाडाचक्र नगरपालिका कालिकोट, एईआईएन लक्जेम्बर्गको सहयोगमा महिला तथा बालबालिका केन्द्र कालिकोटबाट ९० जना महिला, १ जना पुरुष, र २१४ जना बालबालिकाले सेवा पाएका छन् । 
दुरसंचार प्राधिकरण, राष्ट्रीय बाल अधिकार परिषदकेन्द्रिय बालकलयाण समिति, एई आईएन लक्जेम्बर्गसँगको साझेदारीमा  कालिकोटमा संचालित बाल हेल्प लाइन १०९८ कालिकोट देखि कालिकोट, हुम्ला, मुगु, डोल्पा, जुम्ला जिल्ला लगायत छिमेकी जिल्लाका जोखिममा परेका ९४ जना बालबालिकाहरुले प्रत्यक्ष सेवा पाएका छन् ।  

एईआईएन लक्जेम्बर्गको साझेदारी ठाटीकाँध गाउँपालिकाको सहकार्यमा ठाटीकाँध गाउँपालिकामा ९१९ घरधुरीका ३ हजार ७ सय ५३ जना प्रत्येक्ष लाभान्वित भएका छन् । गुणस्तरीय शिक्षा अभिवृद्धि, स्वास्थ्य र जीविकोपार्जनमा सहयोग (सहकार्य) परियोजना अन्र्तगत लाभान्वित भएका हुन् । सहकार्य परियोजनाद्धारा बालबालिकाको गुणस्तरीय शिक्षा विकास, महिलाहरुको स्वास्थ्य सुधार, तथा महिला र यूवाहरुको आयस्रोत वृद्धिका लागि विभिन्न क्रियाकलापहरु संचालन हुँदै आएका छन् ।

त्यस्तै डिसियको आर्थिक सहयोग दुल्लु नगरपालिका, गुराँस गाउँपालिका र अछामको तुर्माखाँद गाउँपालिकामा ग्रिन कर्णाली परियोजना अन्र्तगत महिला ५ हजार ५ सय ६१ र १ हजार ३४९ जना पुरुष गरि कुल २ हजार ९१०  जना जनसंख्या प्रत्यक्ष लाभान्वित भएका छन् । 

सेभ द चिल्डे«नसँगको साझेदारी, दैलेखको गुराँस गाउँपालिका वडा नम्बर २ र ३ का २४ जना यूवाहरु प्रत्येक्ष संलग्न भएर हरित उद्यममा संलग्न भएका छन् । जसबाट २४ घरधुरीका ५२ महिला, र ७० पुरुष लाभान्वित भएका छन् । 

वल्र्ड भिजन इन्टनेश्नल नेपालसँगको साझेदारीमा दैलेखका भगवतीमाई गाउँपालिकाका २ हजार ९६९ महिला, २ हजार ९४५ जना पुरुष गरि जम्मा ५ हजार ९१४ जना जनसंख्या प्रत्येक्ष लाभान्वित भएका छन् । सोसेक नेपालले विभिन्न विकास साझेदार सहयोगी निकायसँगको साझेदारितामा गत आर्थिक वर्षमा १३ वटा परियोजना÷कार्यक्रम संचालन भएको बताइएको छ ।  

प्रतिक्रिया