रोजगारीका अवसर नहुँदा मानव बेचबिखन फष्टायो : साँसद बिष्ट
कालिकोट – कर्णाली प्रदेशसभाका साँसद हिक्मतबहादुर बिष्टले देशभित्र रोजगारका अवसरहरु नहुँदाको परिणाम मानव बेचबिखनको फष्टाएको बताउनुभएको छ । ‘सामाजिक न्याय र आर्थिक सशक्तिकरण : मानव बेचबिखनको निर्मूल’ नारा सहित बुधबार मान्मबजारमा प्रभात ¥यालीपछि सचेतना कार्यक्रममा उहाँले बेरोजगारीकै परिणाम नक्कली भुटानी शरणार्थी घटना भएको चर्चा गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालयको आयोजना तथा किडाक, सोसेक नेपाल, फेडो, इन्सेक लगायतका नागरिक समाज संस्थाहरुको सहकार्यमा जीरो प्वाइण्टबाट सुरु भएको ¥यालीले नगर परिक्रमापछि प्रतिमाचोकमा पुगेर गरिएको सचेतना कार्यक्रममा साँसद बिष्टले देशमै रोजगारी सिर्जना गरिनुपर्ने औल्याउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख धनजीत शाहीले बालश्रम रोक्न र व्यवसायिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । त्यसबखत उपप्रमुख मीना रावत बिकले नारा लेखिए जसरी ‘सामाजिक न्याय र आर्थिक सशक्तिकरण’मा सरकारका सबै संयन्त्रले इच्छा शक्तिका साथ काम गर्न सुझाव दिनुभयो ।
कालिकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले देशमै रोजगार र उपार्जनको बिकल्प सिर्जना गर्न सके मानव बेचबिखन रोकथाम गर्न सकिने बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै किडाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डेले मानव बेचबिखनको मुख्य पींडा महिला र विपन्न समुदाय परेको उल्लेख गर्दै सरकारी र गैरसरकारी क्षेत्रले गरिबी निवारण ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
सन् २००२ मा काठमाडौंमा सम्पन्न सार्कको एघारौँ शिखर सम्मेलनबाट पारित ‘महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि’ लाई २०६३ भदौ २० गते तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएको स्मरणमा भदौ २० गतेलाई नेपालले मानव बेचबिखन बिरुद्धको राष्ट्रिय दिवस मनाउने गरेको छ ।
श्रम शोषण, यौन दुव्र्यवहार, बलात्कार तथा बेश्याबृति जस्ता अपराध रोकथामका लागि ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४’ लागू भएको छ । मानव बेचबिखन घटनामा कसूर ठहर भएमा २० वर्षसम्म कैद र दुई लाख रुपैंयाँसम्म जरिवाना गर्ने कानूनी व्यवस्था छ ।
माहिला, किशोरी, बालबालिकाहरुलाई समेत श्रम शोषण, यौन दुव्र्यवहार र बलात्कार जस्ता कार्यमा जवर्जस्ती संलग्न गराउनुलाई कानूनले मानव बेचबिखन अपराधको परिभाषामा राखेको छ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने वा मनोरञ्जन उद्योगमा लगाउन रोकथामको सन्देश सहित यो दिवस मनाउने गरिन्छ ।
प्रतिक्रिया