खुकुरी प्रहारमा परेका सहमहामन्त्री यादवलाई भेट्न देउवा पुगे ट्रमा

खुकुरी प्रहारमा परेका सहमहामन्त्री यादवलाई भेट्न देउवा पुगे ट्रमा

काठमाडौँ -  खुकुरी आक्रमणमा परी गम्भीर घाइते भएका नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई भेट्न पार्टी सभापति शेरबहादुर देउवा ट्रमा सेन्टरमा पुग्नुभएको छ । 

सहमहामन्त्री यादवलाई बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टस क्लबबाट निस्कँदै गर्दा नुवाकोट घर भएका श्याम सापकोटाले खुकुरी प्रहार गरेका थिए। 
आफूलाई अभियान्ता भनेर चिनाउँदै हिँड्ने सापकोटाले ‘एमसीसी’को विरोध गर्दै सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गरेका थिए ।

यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सापकोटा नुवाकोटको विदुर नगरपालिका–७ तुप्चे घर भई हाल बालाजु पैयुटार बस्दै आएका थिए।

ट्रमा अस्पताल उपचाररत यादवको टाउकोको पछाडी भागमा गहिरो चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

श्यामबाबु सापकोटालाई प्रहरीले तत्काल खुकुरी सहित नियन्त्रणमा लिई सोधपुछ कार्य जारी राखेको छ।

प्रतिक्रिया