सर्पको टोकाईबाट सुत्केरी सहित २ महिलाकोे मृत्यु

सर्पको टोकाईबाट सुत्केरी सहित २ महिलाकोे मृत्यु

रुकुम पश्चिम-  रुकुम पश्चिममा सर्पको टोकाईबाट सुत्केरी सहित २ महिलाको मृत्यु भएको छ । जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर १३ रातामाटाकी २२ वर्षिया सुत्केरी  विनिता ओली विष्ट र जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर १ जगंलगाउँकी ६१ वर्षिया गंगी पुनको मृत्यु भएको हो ।

सुत्केरी २२ वर्षिया विष्टलाई मगंलबार दिउँसो बारीमा गाईवस्तुलाई घाँस काट्ने क्रममा सर्पले टोकेको थियो । सोही दिन राती विष्टले छोरीलाई जन्म दिनुभएको थियो । रक्तस्राव नरोकिएपछि उपचारको लागि चौरजहारी अस्पताल लगिएको थियो । सर्पको विष शरिरमा फैलिएको र रक्तस्रावका कारण आज विहान मुत्यु भएको चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताउनुभयो ।

शिशुको पनि अवस्था गम्भिर रहेकाले रेफर गर्न लागिएको अस्पतालले जनाएको छ । शिशु जन्मने अवधि कात्तिक महिना भएपनि समय नपुग्दै शिशुको जन्म हिजो नै भएको थियो । 

गंगी पुनलाई भने सर्पले भदौ ४ गते नै टोकेको थियो । सर्पले टोकेपछि पुनलाई चौरजहारी अस्पताल हुँदै प्रादेशिक अस्पताल सुर्खेत पुर्याइएको थियो । अस्पतालबाट गाउँमै उपचार गर्ने भनेर घरपरिबारले घर ल्याएको ४ दिनपछि पुनको हिजो घरमै मृत्यु भएको वडा अध्यक्ष टेकबहादुर पुनले बताउनुभयो।-कखरा

प्रतिक्रिया