सामुदायिक काम गर्दै बीरेन्द्रनगरमा टोल विकास संस्थाहरु
सुर्खेत – बीरेन्द्रनगर नगरपालिका–१० को मनिकापुर टोलमा सडक फोहोरमैला व्यवस्थापन र बजारक्षेत्रमा खानेपानी कुवा सरसफाई स्थानीय सहभागितामा भयो । ६ नं. वडाको वडास्तरीय बाल क्लवको अग्रसरतामा ट्राफिक नियम पालनाको कार्यान्वयन गराएका थिए ।
त्यस्तै बीरेन्द्रनगर नगरपालिका–७ को सामुदायिक स्वास्थ्य संस्थासंग स्थानीय स्वास्थ्य सेवा सुधारका लागि सामुदायिक अंगपत्र तथा अन्तरक्रिया कार्यक्रम गरेर स्वास्थ्य । ५ नं. वडामा सामुदायिक सहभागितामा बृक्षारोपण गरिएको थियो ।
बीरेन्द्रनगर नगरपालिका–९ को घामताप्ने टोलकी ४१ वर्षीया सीता चौधरी घरमा खाना पकाउँदा ग्यास पड्किँदा पोलिएर जखम भएको बेला स्थानीयले ९ हजार रुपैंयाँ सहयोग गर्नुसंगै कर्णाली प्रदेश अस्पताल सुर्खेतमा सक्दो सहुलियतमा औषधि उपचारको पहल ग¥यो । यति मात्र होइन सीता अस्पतालमा उपचार गराइरहेकै बेला उहाँले अधिया कामगर्ने १६ कठ्ठा खेतमा समुदायकै व्यक्ति सहयोगमा रोपाइँ गरिदिए ।
द यसिया फाउन्डेसन मार्फत अस्ट्रेलियन सरकारको सहयोग र बीरेन्द्रनगर नगरपालिकाको सहकार्यमा सहकर्मी समाजले सञ्चालन गरेको स्थानीय शुसासन सुधारका लागि टोल विकास कार्यक्रममा यी त्यहाँ समुदायस्तरमा गठित टोल विकास संस्थाहरुको अगुवाईमा १६ वटै वडामा यस्ता धेरै सामुदायिक कामहरु भएका बीरेन्द्रनगर नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख टंकप्रसाद लामिछानेले बताउनुभयो ।
लामिछानेका अनुसार बीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा एक–एक जना सामुदायिक सहजकर्ताहरु नियुुक्त गरी टोल विकास संस्थाको माध्ययबाट खानेपानी, सरसफाई, सुशासन, विकास निर्माण लगायतका क्षेत्रका विभिन्न सवालहरुको समधानका लागि सहजीकरण गर्दै आएको छ ।
टोल विकास सस्थाहरुको अगुवाईमा मिलेर वचत संकलन, समाजका समस्याहरुको विषयमा छलफल गरी आफै समाधानको प्रयास गर्ने र आफूले गर्न नसक्ने कामहरुा सरोकारवाला निकायसंग पहल गर्ने गरिरहेको सहकर्मी समाजका सहजकर्ता मनिषा वलीले बताउनुभयो ।
‘नागरिकहरुले भोगिरहेका समस्याहरुका विषयमा छलफल गर्ने, समाधानका लागि आफैलले पहल गर्ने कामहरु गर्ने क्रममा बीरेन्द्रनगर नगरपालिका–९ की सीता चौधरीको उपचार र उहाँले अधिया लगाउने खेतको रोपाइँ गर्न वडाध्यक्ष ऋषि गिरी समेतको सहभागितामा भएको ९ नं. वडाका सहजकर्ता पार्वती चालिसे सुनाउनुभयो ।
टोलमा रहेको खानेपानी समस्या, बाटो घाटोको समस्या, सरसफाई, विकास निर्माणका निम्ति वडा कार्यालय, नगरपालिका र विकासे साझेदारहरुसंग टोलविकास संस्थाहरुले पहल गरेकोको स्थानीय शुसासन सुधारका लागि टोल विकास कार्यक्रमको साझेदार संस्था द एशिया फाउण्डेसनका कर्णाली प्रदेश संयोजक बिशाल आचार्यले बताउनुभयो ।
टोल विकास संस्थाको मासिक बैठक बस्ने, समस्याहरुको पहिचान गर्ने, समाधान उपाय खोज्नेदेखि सुशासन, पारदर्शिता र जवाफेहिता अभिबृद्धिको निम्ति परिणाममुखी कार्यक्रम गरिरहेको स्थानीय शुसासन सुधारका लागि टोल विकास कार्यक्रम सन् २०२२ देखि साढे तीन वर्षको लागि बीेरेन्द्रनगर र टिकापुर नगरपालिकामा काम गरिरहेको छ ।
प्रतिक्रिया