उत्पादनलाई बजार पुर्याउन निःशुल्क ट्याक्टर

बझाङ– जयपृथ्वी नगरपालिकाले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन काम गरिरहेको छ । यसका लागि नगरपालिकाले ५० प्रतिशत अनुदानमा स्थानीयलाई हाते ट्याक्टर उपलब्ध गराएको नगरप्रमुख चेतराज बजालले बताउनुभयो ।
नगरपालिकाले बिउ उपलब्ध गराउने र समयरसमयमा किसानलाई तालिम सञ्चालन गर्ने गरेको उहाँले बताउनुभयो । पालिकाले उत्पादन मात्र नभई बजार व्यवस्थापनमा पनि किसानलाई सहज वातावरण बनाएको उहाँले बताउनुभयो । उहाँका अनुसार किसानको उत्पादनलाई बजारसम्म पुर्याउन नगरपालिकाले निःशुल्क ट्याक्टर उपलब्ध गराउँदै आएको छ ।
यस्तै नगरपालिकाले शैक्षिक क्षेत्रको सुधारको लागि विद्यार्थी सङ्ख्याअनुसार शिक्षक दरबन्दी मिलानको काम सक्काएको नगरप्रमुख बजालले बताउनुभयो ।
प्रतिक्रिया