शिक्षामा आर्कर्षित गर्न चिडिमार समुदायका बालबालिकालाई छात्रवृत्ति

शिक्षामा आर्कर्षित गर्न  चिडिमार समुदायका बालबालिकालाई छात्रवृत्ति

नेपालगञ्ज -  बाँकेका विभिन्न ठाउँमा रहेका अल्पसङ्ख्यक चिडीमार समुदायका बालबालिका बीचैमा विद्यालय छाडन बाध्य छन् । आर्थिक अभाव र बालबिबाहलगायत समस्याका कारण उनीहरु विद्यालय छाड्न बाध्य भएको चिडिमार समुदायका अगुवा बताउँछन् । 

नेपालगञ्ज–१२ का हौसीलाल चिडिमारले बालबालिका आर्थिक अभावका कारण बीचमै विद्यालय छाडेको उल्लेख गर्दै थोरै पढेर रोजगारी नपाउने र पढ्न पठाएर जीविका पनि नचल्ने भएकाले उनीहरुलाई काममा लगाउने गरेको बताउनुभयो  । 

सो समुदायकी सुनिता चिडिमार बालबालिकाको सानै उमेरमा विवाह गराइदिने प्रचलन कारण बीचमै विद्यालय छाड्न बाध्य भएको बताउनुहुन्छ  । उहाँ भन्नुहुन्छ, ुसबै कुरा हामीले सोचेजस्तो हुँदैन, घरकाले निर्णय गरेपछि हामीले मान्नुपर्छ । बागेश्वरी आधारभूत विद्यालय, नेपालगञ्जकी प्रधानाध्यापक सरिता खड्का श्रेष्ठले विद्यालयमा अध्यनरत एक सय ९० विद्यार्थी चिडिमार समुदायका भएको जानकारी दिँदै त्यसमध्ये पनि बीचमा विद्यालय छाडनेकोे सङ्ख्या बढ्दैै गएको बताउनुभयो  । 

अभिभावकले छोरा र छोरीमा गरेको विभेदका कारण पढाइ छाडेको हुनसक्ने उल्लेख गर्दै उहाँले  छोरालाई निजी विद्यालय र छोरीलाई सरकारी विद्यालयमा पढाउने प्रवृत्ति रहेको बताउनुभयो  । चिडिमार समुदायको ठूलो सङ्ख्या नेपालगञ्ज उपमहानगरपालिका–१२ मा  छ ।

त्यसबाहेक कोहलपुर नगरपालिकाको वडा नं १४ स्थित हवल्दारपुर, वडा नं १५ को प्रेमपुर, जानकी गाउँपालिकाको वडा नं ३ स्थित करमोहनामा पनि चिडिमार समुदायको बस्ती छ । जिल्लामा पन्ध्र सयको हाराहारीमा जनसङ्ख्या रहेको अनुमान छ । चिडिमार समुदायले चार पुस्तादेखि चरा मारेर जिवीका चलाउँदै आएका थिए तर पछिल्लो समय उनीहरुले अन्य पेसा र व्यवसाय गर्न थालेका छन् । 

बहेलिया चिडिमार विकास मञ्चका संस्थापक अध्यक्ष विष्णु चिडीमारले आर्थिक अभावले अभिभावकले विद्यालय नियमित गराउन नसकेको उल्लेख गर्दै खेतबारीमा काम गराउन पनि बालबालिकालाई विद्यालय जानबाट वञ्चित गरेको बताउनुभयो ।  

उहाँ भन्नुहुन्छ, पहिले सबैको जग्गा धेरै हुन्थ्यो, खेतबारीमा काम गर्नुपथ्र्यो त्यसैले बीचमै विद्यालय छोडथे, नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोरखबहादुर थापाले भन्नुभयो । चिडिमार समुदायका बालबालिकाले बीचमा स्कुल छोडने भएकाले उनीहरुलाई आकर्षित गर्न छात्रावृत्तिको व्यवस्था गरेको उहाँले बताउनुभयो  । पढाइ छाडेका किशोर तथा किशोरीलाई निःशुल्क तालिम सञ्चालन गरेर आयआर्जनतर्फ डो¥याइएको उहाँको भनाइ छ ।

प्रतिक्रिया