यूवा समस्यामा स्थानीय सरोकारवाला निकाय र युवाविच संयुक्त बैठक

यूवा समस्यामा स्थानीय सरोकारवाला निकाय र युवाविच संयुक्त बैठक
सुन्नुहोस्

सुर्खेत -   दैलेखको भैरवी गाउँपालिकामा यूवा समस्यामा स्थानीय सरोकारवाला निकाय र युवाविच संयुक्त बैठक सम्पन्न भएको छ ।

एई आईएन लक्जेम्बर्गको आर्थिक सहयोग भैरवी गाउँपालिकाको समन्वय सोसेक नेपालको आयोजनामा उक्त बैठक सम्पन्न भएको हो ।

भैरवी गाउँपालिका उपाध्यक्ष देबि भण्डारीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।  कार्यक्रममा बोल्दै  कार्यक्रमका अध्यक्ष देबि भण्डारीले युवा समस्या लगायतका अन्य समस्या  समाधानका लागि गाउँपालिका तयार रहेको बताउनुभएको छ ।

कार्यक्रममा भैरवी गाउँपालिका वडा नम्बर -१ देखि वडा नम्बर -७ सम्मका वडा अध्यक्ष र जनप्रतिनिधिको सहभागिता रहेको थियो ।  कार्यक्रममा अध्यक्ष र जनप्रतिनिधि तथा युवा क्लबका सदस्यहरुलाई सहभागी गराई युवा समस्यामा स्थानीय सरोकारवाला निकायबिच संयुत्त बैठक गरिएको थियो ।

संयुक्त बैठकमा  युवा नीति नियम, समस्या,सबल कृषि समस्या लगायतका विभिन्न किसिमका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा सीपमुल तालिम साथसाथै सहभागिहरुलाई आएका बिषयहरुमा व्यापक छलफल गरि निचोडमा निस्केका विषयहरुको कार्ययोजना निमार्ण गरि उक्त कार्ययोजना गाउँपालिका शाखामा छलफल गरि कार्यान्वयनका लागि अनुरोध गरि कार्यक्रम सप्पन्न भएको बताइएको छ । 

 

प्रतिक्रिया