डिसिए नेपालको साझेदार प्रतिनिधीमा श्रेष्ठ

डिसिए नेपालको साझेदार प्रतिनिधीमा श्रेष्ठ
सुन्नुहोस्

सुर्खेत-  सोसेक नेपालका उप कार्यकारी निर्देशक बसन्त श्रेष्ठ डिसिए नेपालको  साझेदार प्रतिनिधि छनौट हुनुभएको छ ।

बिगत लामो समय देखि सोसेक नेपालमा कार्यरत श्रेष्ठ सोसेकवाट साझेदार प्रतिनिधिमा छनौट हुनुभएको हो ।

डिसीए नेपाल साझेदार संस्थाहरु मध्येवाट हरेक ४ वर्षमा नयाँ साझेदार प्रतिनिधीको छनौट गर्ने गरेको छ ।

साझेदार प्रतिनिधीले डिसीएमा नेपालको तर्फवाट प्रतिनिधीत्व गर्ने व्यवस्था छ । ९ वटा साझेदारको प्रतिनिधीत्व रहेको पाटर्नर प्लेटफर्ममा ४ जनाले उम्मेदवारी दिएका थिए ।

जसमा श्रेष्ठले ५ मत प्राप्त गरि साझेदार प्रतिनिधी छनौंट हुनु भएको हो । अन्य उम्मेदवार १ जना २ मत र वाँकी २ जनाले १।१ मत पाएका थिए ।

प्रतिक्रिया