मौसमी तथा बेमौसमी तरकारि खेति सम्बन्धि पाँच दिने तालिम

मौसमी तथा बेमौसमी तरकारि खेति सम्बन्धि पाँच दिने तालिम

सुर्खेत -   दैलेखको गुराँस गाउँपालिकामा हरित उद्यमीहरुलाई मौसमी तथा बेमौसमी तरकारि खेति सम्बन्धि पाँच दिने तालिम सम्पन्न भएको छ । सेभ द चिल्डे«नको आर्थिक सहयोग गुराँस गाउँपालिकाको समन्वय र सोसेक नेपालको आयोजनामा जलवायु परिवर्तन पहल पाईलट परियोजना अन्त्रगत उक्त तालिम सम्पन्न भएको होे ।  कार्यक्रमा गुराँस गाउँपालिका उपाध्यक्ष शिवा खड्काको प्रमुख अतिथिमा कार्यक्रम समापन भएको थियो ।

 समापन कार्यक्रममा अन्य अतिथिहरुमा कृषि शाखा प्रमुख पुर्ण खड्का ललित बोहोरा लगायत अतिथिहरुको उपस्थितिमा मौसमी तथा बेमौसमी तरकारि खेति तालिम सम्पन्न भएको सोसेक नेपालका फिल्ड अधिकृत भूपेन्द्र सिजापतिले बताउनुभयो ।

हरित उद्यमीको समापन कार्यक्रममा बोल्दै गुराँस गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि  शिवा खड्काले तालिममा सिकेको सिप समूदायमा गएर लागु गर्न अनुरोध गर्नुृभयो । उहाँले कुनै पनि कार्य गर्दै गर्दा विभिन्न समस्ययाहरु आइपर्ने भएकाले नहात्तिएर निरन्तर अघि बढ्न अनुरोध गर्नुभयो । तपाईहरु आफ्नो व्यवसाय निरन्तर अगाडी बढाउनुस',उहाँले भन्नुभयो, 'गाउँपालिकाबाट हुने सहयोग र मेरो व्यक्तिगत तर्फबाट हुने सहयोग सधै हुन्छ ।'                                                                

 फिल्ड अधिकृत सिजापतिका अनुसार शनिवार (आज) समापनको  दिन गुराँस  गाउँपालिकामा रहेको कृषि अनुसन्धान केन्द्रमा रहेको विजु कलमी सुन्तला किवि खेती प्रविधि ओखर खेती प्रविधि टिपिएस आलुको बीउ उत्पादनबारे छलफल समेत गरिएको थियो । तालिममा सहभागिलाई काउली बन्दा गोभी, टमाटर, सागको बीउ समेत बितरण गरियको थियो ।

पाँच दिने तालिममा २५ जना कृषकको सहभागिता रहेको थियो ।  तालिममा विभिन्न विषयमा छलफल गरिएको थियो । मौसमी तथा बेमौसमी तरकारि खेतीको परिचय महत्त्व  फाईदा बेफाईदा, नर्सरी व्यावस्थापन, तरकारि बालीमा लाग्ने रोगकिरा र व्यवस्थापन बारे सैद्धान्तिक छलफल समेत भएको अधिकृत सिजापतिले बताउनुभयो । उहाँका अनुसार तालिममा कम्पोष्ट मल, जैविक विषाधी, नर्सरी व्याड तयार, प्लाष्टिक घर निर्माण जस्ता काम प्रयोगात्मक तरिकाबाट अभ्यास गरिएको थियो ।

 

पाँच दिने मौसमि तथा बेमौसमी तरकारि खेती तालिम गएको मंगलबार गुराँस गाउाँपलिका ३ का वडा अध्यक्ष काशिराम शर्माका प्रमुख अथितिमा उद्घाटन गरिएको थियो भने  समापन गाउँपालिका उपाध्यक्ष  खड्काको प्रमुख अतिथिमा समापन भएको अधिकृत भूपेन्द्र सिजापतिले जानकारी दिनुभयो ।

 

 
 

प्रतिक्रिया