दैलेखमा ट्रक दुर्घटना हुँदा तिनजना घाइते

दैलेखमा ट्रक दुर्घटना हुँदा तिनजना घाइते

दैलेख-   दैलेखको गुराँस गाउँपालिकामा ट्रक दुर्घटना भएको छ । सुर्खेतबाट समान बोकेर दैलेखतर्फ जादै गरेको भे.१ क २१०७ नम्बरको ट्रक गुराँस गाउँपालिका -४ जिरोपोइट स्थित दुर्घटना भएको हो ।  

दुर्घटनामा  परेर तिनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । ट्रक बे्रक फेल भएर भएर ५० मिटर तल खसेको बताइएको छ ।

घाइते हुनेमा नारायण नगरपालिका ४ का २७ वर्षिय जगत जंग कटुवाल, सोही ठाउँका ३५ वर्षिय सहचालक राजन शर्मा र  चालक ४० वर्षिय गणेश शर्मा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 

दुर्घटना स्थलमा धनविर महतराको कमाण्डमा पाँच जनाको प्रहरी टोली घटना स्थलमा पुगिसेको बताइएको छ । दुर्घटनामा घाइतेहरुलाई उपचारको लागि  सुर्खेत पठाइएको छ । 

प्रतिक्रिया