स्वाधीनको निम्ति राजाको पक्षमा बीपी उभिनुभएको थियो : सभापति रेग्मी

स्वाधीनको निम्ति राजाको पक्षमा बीपी उभिनुभएको थियो : सभापति रेग्मी
सुन्नुहोस्

दैलेख – नेपाली काँग्रेसका जिल्ला सभापति मणिराम रेग्मीले नेपाली काँग्रेसका संस्थापक नेता बिश्वेश्वरप्रसाद (बीपी) कोइराला साहित्य साधक लगायत बहुआयामिक व्यक्तित्वको पहिचान बनाएको बताउनुभएको छ । बीपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसरमा दैलेख सदरमुकाममा आयोजित नेपालका प्रथम निर्वाचित प्रधानमन्त्रीको रुपमा इतिहास रच्नु भएको उहाँले चर्चा गर्नुभयो । 

नेपाली काँग्रेसको नारायण नगरपालिका कार्यसमितिको आयोजनामा जिल्ला पार्टी कार्यालयमा भएको उक्त कार्यक्रममा सभापति रेग्मीले देशको स्वाधीनता माथि खतरा पैदा भएको थाहा पाएपछि बहुदलीय व्यवस्था प्रतिवन्द लगाउनुसंगै आफूलाई प्रधानमन्त्रीबाट अपदस्त गरेका राजा महेन्द्रलाई आफू र राजाको घाँटी जोडिएको प्रतिक्रिया दिएर देशप्रति प्रेम प्रकट गरेको उल्लेख गर्नुभयो । 

त्यसबखत साहित्य अनुरागी काजल न्यौपानेले बीपी कोइरालाको राजनीतिक नेतृत्व, देशको सरकार प्रमुख अनि साहित्य क्षेत्रमा समेत बिशिष्ट योगदान गर्नुभएको भन्दै बीपीको बहुआयामिक व्यक्तित्वको चर्चा गर्नुभयो । बीपी बारे गजल प्रस्तूत गर्दै साहित्यमा विविधता र मौलिक रहेको प्रकाश पार्नुभयो । 

नेपाली काँग्रेसको नारायण नगररपालिका कार्यसमिति सभापति मनोजकुमार थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो । बीपी कोइरालाको जन्म १९७१ भदौ २४ गते र मृत्यू २०३९ साउन ६ गते भएको थियो । जन्मेको दिन भदौ २४ गते जन्मजयन्ती र मृत्यू भएको दिन साउन ६ गतेलाई नेपाली काँग्रेसले उहाँको स्मृति दिवस मनाउने गरेको छ । 
 

प्रतिक्रिया