जेहेनदार बालबालिकालाई पढाइकुना निर्माण सामाग्री बितरण

जेहेनदार बालबालिकालाई पढाइकुना निर्माण सामाग्री बितरण
सुन्नुहोस्

सुर्खेत –  दैलेखको भैरवी गाउँपालिकामा जेहेनदार बालबालिकालाई पढाइकुना निर्माण सामाग्री बितरण गरिएको छ । एइ आई एन लक्जेम्बर्गको आर्थिक सहयोगमा सोसेक नेपालद्धारा भैरवी गाउँपालिकामा संचालित आधार परियोजना अन्र्तगत उक्त सामाग्री बितरण गरिएको हो ।

भैरवी गाउँपालिका वडा नम्बर –४ मा रहेको गैरी माध्यामिक विद्यालय बालेकाँडा र बासुधारा आधारभुत विद्यालयका विद्यार्थीलाई उक्त सामाग्री बितरण गरिएको बताइएको छ ।

आर्थिक अवस्था कमजोर भएका २० जना जेहेनदार विद्यार्थीलाई वडा नम्बर ४ का वडा अध्यक्ष चक्र प्रसाद शर्माको अध्यक्षतामा उक्त सामाग्री बितरण गरिएको हो । 

त्यस्तै भैरबी गाउँपालिका ३ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय कोइरालागाउँ का १५ जना बालबालिका लाई पनि पढाइकुना निर्माण सामाग्री बितरण गरिएको बताइएको छ ।

 

 

प्रतिक्रिया