आत्महत्या गर्न चाहनेहरुको पहिचान

आत्महत्या गर्न चाहनेहरुको पहिचान

करिब ६ महिना अघिको कुरा होला सल्यानमा एक पुरुषले आत्महत्या गरे । ३५र३६ वर्षको उमेरमा आत्महत्या गरेको खबरले स्थानीयलाई झस्कायो । किन यसो गरे होलान् ? घरपरिवारको विचल्ली हुने भो ? राम्रै थियो कमाईकाज भएको व्यक्तिले त्यसरी उनले गलत बाटो रोजे भनेर चियाचौतारी र धारापँधेरामा समेत कुराकानीको विषय विषय बन्यो । ती व्यक्तिले आत्महत्या गरेको तेस्रो चौथो दिन पछि फेरि अर्का एक व्यक्तिले पनि आत्महत्या गरे, निरन्तर श्रंखला चल्न थालेको भनेर समाजमा त्रास फैलियो ।

पछिल्लो घटनामा ती व्यक्तिले पहिलेदेखि नै आत्महत्याको योजना बनाउन थालेको तर परिवारजन र शुभचिन्तकहरुले वास्ता नगरेको कारण उनले ज्यान हालेको खुल्यो । उनले आत्महत्या गरिसकेपछि फरक व्यवहार गर्ने, एक्लै बस्ने, परिवारसंग कुराकानी पनि कम हुंदै गएको र अनौठो व्यवहार देखाउथ्यो भन्ने निष्कर्ष निकालियो । त्यो कुरा पहिलानै अनुमान गर्न सकेको भए मनोपरामर्श वा उपचार गराए यस्तो अप्रिय घटना हुन्थेन कि भनेर पश्चाताप मात्र रह्यो ।  पछुताएर मानिसलाई फर्काएर ल्याउन पनि त सकिदैन । यो घटना त प्रतिनिधि मुलक मात्रै हो अहिलै आत्महत्या, प्रयास र आत्महत्याको सोच आउनेहरुको संख्या बढ्दै गएको छ । 

हाम्रो समाजमा कसैले भन्यो, मलाई त जिन्दगीदेखि वाक्क लागिसक्यो यस्तो जिन्दगी भन्दा त बरु मर्नु बेस यस्तै भयो भने त म मर्छु होला, यस कुरालार्ई मानिसहरुले गम्भीरता पुर्वक लिंदैनन बरु त्यसलार्ई  ठट्टामजाको रुपमा लिन्छन् । नाटक गरेको होला, मर्ने मान्छेले यसरी हल्ला गर्दै हिड्छ र ? कति पटक भयो म त मर्छु भन्दै घरबाट निस्केको तर फेरि फर्केर आइ हाल्छ । मर्ने मान्छे ले मर्छु भन्दै भन्दैन नि । यसरी आत्महत्याको जोखिममा रहेका  व्यक्ति लाई हाम्रो गाउँघरमा यस्तै प्रकारको शब्द प्रयोग गरेर लाँछना लाउने गरिन्छ । जोखिममा भएका व्यक्तिको पहिचान गर्न नसक्दा पछिल्लो समय आत्महत्या गर्नेहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । 

जोखिममा भएका व्यक्तिको पहिचान गरी समयमै आवश्यक परामर्श तथा उपचार गर्न सक्यौं भने आत्महत्या रोकथाम गर्न सकिन्छ । नेपालको संविधानले बाँच्न पाउने अधिकारको प्रत्याभूत गरेको भएता पनि विभिन्न बाध्यात्मक परिस्थितिबाट उम्कन नसक्दा व्यक्तिले आत्महत्यालार्ई अन्तिम विकल्पको रूपमा लिइरहेका हुन्छन् ।


आत्महत्या जोखिम भएको कसरी थाहा पाउने ? 
कुनै व्यक्तिले विगतमा आफुले आत्महत्याको प्रयास गरेको छ भने त्यो व्यक्ति फेरि पनि जोखिममा हुन सक्छ भनेर बुभ्mन जरुरी हुन्छ । परिवारका कुनै सदस्यले आत्महत्या गरेको छ भने, कुनै पनि अभिव्यक्तिबाट आत्महत्या सम्बन्धी व्यवहार देखायो वा बारम्बार आत्महत्याको कुरा गरी रह्यो भने पनि त्यो व्यक्ति आत्महत्याको जोखिममा रहेको हुन्छ । व्यक्तिमा हिनताबोध, आत्मग्लानी, निरासावादी सोच पलाईो भन्ने चाल पाएपछि परिवारजन र शुभचिन्तकहरुले समयमा सहानुभूती, सल्लाह र सद्भाव बढाउन आवश्यक हुन्छ ।

मानसिक स्वास्थ्य समस्यामा रहेको, लागुपदार्थ दुव्र्यसन र एक्लोपनका कारणले समेत मानसिमा आत्महत्याको सोच आउने गरेको पाइन्छ । आत्महत्या गर्ने प्रायः व्यक्तिले  त्यसको बारेमा कुरा गरेका हुन्छन तर अन्य व्यक्तिले आप्mनो कुनै किसिमको माग पुरा गर्न  धम्काएको हो भनेर बुभ्mने गरेको गलत धारण समुदायमा व्याप्त देखिन्छ । 

 

आत्महत्याको जोखिम भएका व्यक्तिलार्ई सम्हाल्ने तरिका
आत्महत्याको जोखिममा भएका व्यक्तिको पहिचान भएपछि रोकथामको उपाय तर्फ लाग्नु पर्छ । मनोविद तथा मनोचिकित्सकका अनुसार सर्वप्रथम जोखिमका कारणहरुको आंकलन गर्ने, कुनै पनि ब्यक्ति किन आत्महत्या गर्न चाहन्छ ? सिधै प्रश्न सोध्ने गर्नुपर्छ । आत्महत्याका हरेक धम्की वा वचनलार्ई संवेदनशीलताका साथ लिने प्रयास गर्ने, कुरा गर्नका निम्ति उपयुक्त समय र स्थानको पहिचान गर्ने र प्रसस्त समय दिएर सेवाग्राहीको कुरा ध्यानपूर्वक सनिदिंदा पनि आत्महत्याको जोखिममा रहेका व्यक्तिलाई राहत महसुस हुन्छ । 

यसका साथै सहानुभूती समभाव प्रकट गर्ने र भावनात्मक सहयोग गर्ने गर्नु पर्दछ । परिवारजन र मित्रहरुलार्ई सम्पर्क गर्ने र उनीहरुसँग जोखिममा भएका व्यक्तिलाई जोडिदिने साथै सहयोगको निश्चितता गर्नाले पनि जोखिम भएका व्यक्तिलार्ई सम्हाल्न सकिन्छ । यदि धेरै जोखिम छ भने त्यस्ता व्यक्तिलाई कहिलै पनि एक्लो छाड्नु हुंदैन् । त्यस्ता व्यक्तिहरुलाई आवश्यकता अनुसार मनोचिकित्सक, मनोविद, मनोपरामर्शकर्ताकहाँ पठाउनु पर्दछ । 
आशा जागाऔँ जीवन बचाऔं भन्दै मानिसको जीवन अमुल्य छ,यस्को संरक्षणमा पनि उत्तिकै ध्यान दिन आवश्यक छ । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा शुभकामना ।

लेखिका बुढाथाेकी मानसिक स्वास्थ्य परामर्श कन्द्र (सीएमसी) मा आवद्ध हुनुहुन्छ । 

प्रतिक्रिया