आत्महत्या रोक्न सेवासुविधाको न्यायोचित वितरण आवश्यक

आत्महत्या रोक्न सेवासुविधाको न्यायोचित वितरण आवश्यक
सुन्नुहोस्

सामाजिक सञ्जाल उचित उपयोग गर्न नजान्दा, सचेत नहुने वा लापरवाहीले सामाजिक सद्भाव भड्किने, अबिश्वास, आशंक र द्वेसको वातावरणले आत्महत्या समस्या पैदा गरेको भन्दै सोसेक नेपालले सचेता अपनाउन आग्रह गरेको छ । ‘आशा जगाऔं, जीवन बचाऔं’ नारा आइतवार मनाइएको विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सोसेक नेपालले जारी गरिएको प्रेसनोटमा बेरोजगारी, अभाव र अन्यायको स्थितिले पनि आत्महत्या बढेको भन्दै सेवासुविधालाई न्यायोचित तरिकाबाट वितरण गर्न सरकारको ध्यानाकर्षण गरेको छ । 

आफ्नै अभिव्यक्ति, असामाजिक गतिविधिको कारण कैयन व्यक्तिहरुले आत्महत्या गरेका घटना भएको सञ्चार प्रविधिको सहायताले चलाइने उपकरण र सामाजिक सञ्चालको सावधानीपूर्वक सञ्चालन गरेर तनाव व्यवस्थापन गर्न सकिने सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले जारी गरेको प्रेसनोटमा भनिएको छ । ‘आत्महत्या विनाशकारी सोच हो भन्ने चेतना बढाउन, आत्महत्याको वरिपरिको कलङ्क घटाएर र राम्ररी सूचित कार्यलाई प्रोत्साहित गरेर, आत्महत्याका घटनाहरूलाई कमी गराउन हरेक व्यक्ति, हरेक परिवार सम्वेदनशील हौं’ सोसेक नेपालले आग्रह गरेको छ ।  

विश्व आत्महत्या रोकथाम दिवस हरेक वर्ष सेप्टेम्बर १० मा मनाइन्छ, सन् २०२१ देखि २०२३ सम्म तीन वर्षकै लागि विश्व स्वास्थ्य सङ्गठनले ‘आशा जगाऔं, जीवन बचाऔं’ नारा तय गरे अनुसार यो वर्ष पनि आत्महत्या रोकथामको लागि अन्तर्राष्ट्रिय सङ्घ र विश्व स्वास्थ्य सङ्गठनद्वारा संयुक्त तत्वावधानमा घटनाले आत्महत्या रोकथाममा ध्यान केन्द्रित गर्ने विश्वव्यापी प्रतिबद्धता जनाइएको छ । 


 

प्रतिक्रिया