मानव अधिकार समूहले तयार ग¥यो वार्षिक कार्ययोजना
_eYCkJPNSQ1_vgxfzu0abrr9ijgqisesnfu6laeoaejtirjmiud7spyud0jd8ilkhtiwl1zz_GMcWcWeRiE_t1acleuyncaqu5burxyzhoan1neitikpqoe993aalt3qb0kjcsu7e3tbpl1k.jpg)
दैलेख - अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा दुल्लू नगरपालिकामा सञ्चालित इएलपी परियोजना गठित मानव अधिकार समूहले मानव अधिकार शिक्षा प्रवद्र्धनका लागि एक वर्ष अवधिमा गर्ने क्रियाकलापहरुको वार्षिक कार्ययोजना तयार पारेको छ ।
मानव अधिकार समूहको अध्यक्ष दुर्गे नेपालीको अध्यक्षतामा हालै भएको कार्ययोजना बैठकले शिक्षा, स्वास्थ्य, वातावरण सम्वन्धी समस्या र सामाजिक असमानता समाधानको निम्ति नगरपालिका र मानव अधिकार समूहले गर्ने क्रियाकलाप तय गरिएको इएलपी सहजकर्ता कलमबहादुर नेपालीले जानकारी दिनुभयो ।
दुल्लू कार्यपालिकाका कार्यपालिका सदस्य रमेश परियार, विजय मावि दुल्लूका निमित्त प्रधानाध्यापक रेशम नेपाली, दुुल्लू नगर स्तरीय वन महासंघका अध्यक्ष रुदप्रसाद रिमाल, दुल्लू नगरपालिका स्वास्थ्य शाखा इञ्चार्ज विष्णुबहादुर शाही लगायतले मानव अधिकार शिक्षा प्रवद्र्धनमा आआफ्नो क्षेत्रबाट सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
प्रतिक्रिया